अपर हेवाखोला हाइड्रोपावरको १२ औं साधारणसभा आज सम्पन्न

अपर हेवाखोला हाइड्रोपावर लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । सङ्खुवासभा जिल्लामा रहेको ८.५ मेगावाट क्षमताको अपर हेवाखोला हाइडोपावरले राजधानीको गौशालामा एक कार्यक्रम आयोजना गर्दै १२ आंै साधारणसभा सम्पन्न गरेको हो ।

Jul 10, 2024 - 20:43
 0  27
अपर हेवाखोला हाइड्रोपावरको १२ औं साधारणसभा आज सम्पन्न

असार  २६ काठमाडौ ,काव्य घर /अपर हेवाखोला हाइड्रोपावर लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । सङ्खुवासभा जिल्लामा रहेको ८.५ मेगावाट क्षमताको अपर हेवाखोला हाइडोपावरले राजधानीको गौशालामा एक कार्यक्रम आयोजना गर्दै १२ औं  साधारणसभा सम्पन्न गरेको हो । सयौं शेयर सदस्य महानुभावहरुको उपस्थीतिमा सम्पन्न सो सभाको अध्यक्षता हाइड्रो पावर कम्पनीको  अध्यक्ष पवित्रा कार्की (रायमाझी) ले गरेकी थिइन् । कार्यक्रममा प्रबन्ध सञ्चालक डेडराज खड्का, सञ्चालकहरु भिमलाल पौड्याल, भुवनेश्वर अधिकारी, स्वतन्त्र सञ्चालक शेरबहादुर कार्की, पुर्व सञ्चालक अजुन गौतम लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा कोशी प्रदेशका पुर्वसासंद सरिता थापा खड्का अतिथिको रुपमा रहेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष रायमाझीले संस्थाको तर्फबाट मन्तब्य राखेकी थिइन् । उनले तुलनात्मक रुपमा कम लागतमा निर्माण भएको अपर हेवाखोला हाइड्रोपावरले राम्रै आम्दानी गरिरहेको अवस्थामा बाढी, पहिरो लगायतको कारणले लाभाम्शं बाँडन् नसकेको बताइन् । तर आगमी दिनमा लाभासं बा्डने गरी आयोजना अघि बढ्ने उनले बताइन् ।

कार्यक्रममा शेयरधनीहरुको तर्फबाट शत्रुघन श्रेष्ठ, निरुपमा गुप्ता, जगनाथ आचार्य, डम्मरुबल्लभ घिमिरे, अमिरदाश रन्जित, गोविन्द केसी, युगल बसेल लगायतले कम्पनीको कार्यसम्पादन माथी टिप्पणी गरेका थिए । शत्रुधन श्रेष्ठले कम्पनी १२ बर्ष लाग्दा पनि शेयरधनीको हातमा सुको नपरेको गुनासो गरे । शेयरधनीका तर्फबाट उठेका प्रश्नहरुमाथी कम्पनीका प्रबन्ध निर्देशक डेडराज खड्काले उत्तर दिएका थिए । उनले कम्पनीले बार्षिक १७ करोड बढी आर्जन गरेपनि धेरैजसो पैसा वित्तिय ब्यवस्थापनमा खर्च भएको बताए ।

कम्पनीको बैक ऋण भुक्त्तानी नै साँढे ३ करोड भएको, आम्दानीको करिव १० प्रतिशत प्रशासनीक खर्च रहेको, इन्स्योरेन्स खर्च, रोयल्टी आदीले गर्दा नाफा वितरण गर्न नसकिएको बताए । उनले गत असारमा आएको बाढीको प्रभावले कम्पनीको लक्ष्यमा बाधा पुगेको बताए । सभाले शेयरधनीहरुको तर्फबाट इन्द्रमोहन लामिछानेलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको थियो । त्यसैगरी स्वतन्त्र सञ्चालक शेयर बहादुर कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि