अभिनव साहित्यको २३ औँ साधारसभा, २७० औ कवि गोष्ठी र तीज साहित्य विशेष समारोह
प्रमुख अतिथिलगायत सबै विशेष अतिथिले तीज साहित्य र अभिनवको योगदान बारे प्रकाश पार्नुभएको थियो ।
२०८१ साउन २७ गते,काठमाडौ, काव्य घर । शनिबार अभिनव साहित्य समाजले २७० औं मासिक शृङ्खला अन्तर्गत २३ औं साधारण सभा, कवि गोष्ठी र तीज साहित्य विशेष कार्यक्रम सम्पन्न गरेको छ । समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व, बाल साहित्यकार गङ्गा कर्माचायको प्रमृख आतिथ्य, रञ्जुश्री पराजुली, मञ्जुश्री प्रधान र ममता मृदुलको विशेष आतिथ्य, शारदा पराजुलीको उद्घोषण र मेनका आचार्यको स्वागत मन्तव्य तथा गजल गायनबाट कार्यक्रम शुभारम्भ भएको थियो ।
समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले साधारण सभामा समग्र प्रतिवेदन पक्षको सारसंक्षेप प्रस्तुत गर्नुभएको र आगन्तुक तथा सहभागी,सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रमुख अतिथिलगायत सबै विशेष अतिथिले तीज साहित्य र अभिनवको योगदान बारे प्रकाश पार्नुभएको थियो । अभिनवका पदाधिकारीमध्य नवराज पुडासैनी, बी.पी. इलामे, सुमन पुडासैनी र परशुराम पराजुली पराशरले सम्पूर्ण व्यवस्थापनको कार्य सम्हाल्नुभएको थियो ।
तीज गीत प्रस्तुत गर्नेहरुमा सुशील आचार्य र उनको साथमा आएका तीनजना छात्राहरुले तीज सुसेली, अन्य कविता र तीज तीत पेश गर्नेहरमा गोपाल बराल, माधवलाल श्रेष्ठ, सरिता घिमिरे, मधुसूदन घिमिरे, बद्री सुवेदी, ऋचा, बुद्धि सागर पौड्याल, खोलाघरे साँहिलो, सुरेश घिमिरे, प्रदीपरत्न शाक्य, शोभा शरण, नानीबाबा अधिकारी, मन्दिरा सेढाई, मन्दिरा मधुश्री, शान्ती सापकोटा, द्वारिका कुइकेल, रञ्जु दाहाल, सुमित्रा श्रेष्ठ, सावी सत्याल, कीर्ते पौड्रयाल,
गङ्गाप्रसाद भेटवाल, रामबहादुर पहाडी, सीता दाहाल, डिल्लीप्रसाद मुलतिउन, सुमन थापा संगम, माधव घिमिरे अटल, घमा भट्टराई खनाल, दिवाकर न्यौपाने, अप्सरा ढकाल, सर्मिला तिमल्सिना, कोमल लामिछाने, बसन्त रिजाल, जानुका भट्टराई, निर्मला भट्टराई, निसा दाहाल, बद्री अर्याल, हरिप्रकाश पुडासैनी, कमला घिमिरे, ध्रुव भण्डारी, विश्व थापालगायत १५० भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रम भव्य र गरिमामय रुपमा सम्पन्न भयो ।
What's Your Reaction?