अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प माथि गोलि प्रहार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था सामान्य रहेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Jul 14, 2024 - 07:52
Jul 14, 2024 - 09:55
 0  14
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प माथि गोलि प्रहार

असार ३० काठमाडौ ,काव्य घर /गोली लागेर घाइते भएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था सामान्य रहेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेपाली समयअनुसार आइतवार बिहान भएको गोली प्रहारबाट ट्रम्पको अनुहारमा चोट लागेको छ । कानको भागमा रगत बढी आइरहेको तस्वीरमा देख्न सकिन्छ । अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा उनीमाथि गोली प्रहार भएको हो ।गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । लडेका उनलाई गुप्तचरहरूले उठाएका थिए । ट्रम्पलाई उठाएर गाडीमा हालिएको थियो । अनि नजिकैको अस्पतालमा लगिएको थियो । 

गोली लागेर घाइते हुनका बाबजुद ट्रम्प मुठ्ठी उठाएर समर्थकको उत्साह भरिरहेका थिए । उनको अनुहारमा लागेका चोटहरू त्यति गम्भीर नरहेको बताइएको छ । गोली प्रहारमा संग्लग्नको आशंका गरिएका एक पुरुष र अर्का एक सर्वसाधारणको मृत्यु भएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि