आख्यानकार रमेश विकलका समग्र कृति सार्वजनिक

“रमेश विकलका समग्र कृति” नाम दिइएको तीन ग्रन्थहरु ३ हजार पृष्ठका हाराहारीमा रहेका छन् । ग्रन्थमा विकलका २०१६ सालदेखि २०७५ सम्म छापिएका रचनाहरुलाई समावेश गरिएको छ ।

Aug 10, 2024 - 09:15
 0  41
आख्यानकार रमेश विकलका समग्र कृति सार्वजनिक


 २०८१ साउन २५,काठमाडौं,काव्य घर । नेपाली साहित्यका अमर सर्जक रमेश विकलका ग्रन्थ तथा फुटकर रुपमा प्रकाशित भएका कृतिहरुको एकीकृत संग्रह गरी सार्वजनिक गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा प्रकाशित विकलका नाटक, कथा र उपन्यास विधाका कृतिको एकीकृत संग्रह साउन २५ गते शुक्रबार गोकर्णेश्वर–८ त्रिवेणी ब्याङ्केटमा आयोजित एक विशेष समारोहमा सार्वजनिक गरिएको हो ।

“रमेश विकलका समग्र कृति” नाम दिइएको तीन ग्रन्थहरु ३ हजार पृष्ठका हाराहारीमा रहेका छन् । ग्रन्थमा विकलका २०१६ सालदेखि २०७५ सम्म छापिएका रचनाहरुलाई समावेश गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

समारोहमा प्रमुख आतिथिको आशनबाट नगरप्रमुख रिसालले रमेश विकलको सक्रिय जीवनकालमा उहाँसंगको सामिप्यताले आफूलाई साहित्यको महत्व बुझ्न सहयोग गरेको बताउनुभयो ।

 उहाँले नगरपालिकाले विकासका समग्र पक्षमा साहित्यलाई उच्च प्राथमिकता दिएर यहाँ रहेका साहित्यिक प्रतिष्ठानहरुलाई वर्षेनी बजेट विनियोजन गर्ने गरेको बताउनुभयो । साथै विकलको समग्र कृति प्रकाशनले उहाँको सिर्जना संरक्षणमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।

समीक्षक सार्दुल भट्टराईले सुरुमा कथाकारका रुपमा चर्चामा आउनुभएका विकलको २०२० सालमा शारदा पत्रिकामा ‘सरदार भक्ति थापा’ नाटक प्रकाशन भएपछि नाटककारका रुपमा पनि चर्चित हुनुभएको बताउनुभयो ।

नगरप्रमुख रिसालले नगरपालिकाले हरेक वर्ष विविध सांस्कृतिक गतिविधि गर्दैआएको जानकारी दिंदै साहित्यकारहरुको संरक्षण र हौसला प्रदान गर्न ‘नगर साहित्य पुरस्कारको स्थापना गरेको र अहिले सो पुरस्कार नगरभित्रका मात्र नभएर बाहिरका साहित्यकारलाई पनि प्रदान गरिने जानकारी दिनुभयो ।

विशेष अतिथिको आसनबाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष राजिब थापाले रमेश विकल यस नगरपालिकाको वडा नं। ९ मा जन्मनु आफैंमा गर्वको विषय रहेको भन्दै साहित्यको उन्नयनमा आफ्नो तर्फबाट सदा सक्रिय भूमिकामा रहने बतानुभयो ।

कार्यक्रममा कृतिका सम्पादक ठाकुर शर्मा भण्डारीले विकलका २००६ सालदेखि सुरु भएको लेखनकार्य २०६४ सालसम्म कायम रहेको र उहाँको लेखनमा समाजको यथार्थता उतारिएको बताउनुभयो ।

नाटक खण्डको समीक्षा गर्दै समीक्षक सार्दुल भट्टराईले सुरुमा कथाकारका रुपमा चर्चामा आउनुभएका विकलको २०२० सालमा शारदा पत्रिकामा ‘सरदार भक्ति थापा’ नाटक प्रकाशन भएपछि नाटककारका रुपमा पनि चर्चित हुनुभएको बताउनुभयो ।

त्यस्तै उपन्यास खण्डको समीक्षा गर्दै गोपी मैनालीले विश्व उपन्यासमा विकलका चार उपन्यास तुलनालायक रहेको र उहाँका उपन्यासहरुले सामाजिक यथार्थता उजागर गर्ने आधुनिक कालखण्डका उपन्यासहरुको चरण पार गरेको बताउनुभयो ।

विकलको सबभन्दा लोकप्रिय विधा कथा खण्डको समीक्षा प्रा.डा.हेमनाथ पौडेलले  विकल आलोचनात्मक यथार्थवादी कथाकार भएको र उनको यात्रा समाजवादी यथार्थवादसम्म पुगेको बताउनुभयो । २००६ मा प्रकाशित गरिब कथाबाट यात्रा प्रारम्भ गरेका विकलले आफ्नो देहावसान हुनुअघि २०६५ मा लेखिएको ‘विशाल किरात प्रदेशको दुर्दान्त सिकारी’ कथासम्मको यात्रासम्म आइपुग्दा १४२ ओटा कता लेखेको बताउनुभयो । उहाँले विकलका केही कथा अझै पनि सङ्कलन हुन बाँकी छन् भन्नुभयो । कथा विधामा विकलका पुस्तकाकारमा प्रकाशित, अप्रकाशित र पत्रपत्रिकामा प्रकाशित गरी १ सय ४२ वटा कथा रहेको छ ।

विमोचन समारोहमा प्रतिष्ठानका महासचिव विजय चालिसेले धन्यवाद ज्ञापन गर्दै सबै साहित्यकार तथा साहित्यप्रेमीहरुलाई रमेश विकल साहित्य प्रतिष्ठान भ्रमण गरी विकल संग्रहालयको अवलोकन गर्न आग्रह गर्दै समग्र कृति प्रकाशनको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

“रमेश विकलका समग्र कृति” नाम दिइएको तीन ग्रन्थहरु ३ हजार पृष्ठका हाराहारीमा रहेका छन् । ग्रन्थमा विकलका २०१६ सालदेखि २०७५ सम्म छापिएका रचनाहरुलाई समावेश गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि