एमएसआर सहकारीका अध्यक्षले ११ करोड झ्वाम्म पार्ने दाउमा 

जनताको ११ करोड बचत रहेको बुझिएको सहकारीको अध्यक्षमा स्वम्भूराम जोशी

May 17, 2024 - 09:51
 0  10
एमएसआर सहकारीका अध्यक्षले  ११ करोड झ्वाम्म पार्ने दाउमा 

जेठ ४,काठमाडौं,काव्य घर/ ललितपुरको ढोलाहिटीमा केन्द्रिय कार्यालय राखी जिल्लाका विभिन्न स्थानहरुमा शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम संचालन गर्दै आएको एमएसआर बहुउदेश्यिय सहकारी संस्थामा १ बर्षदेखि सदस्यको बचत फिर्ता गर्न नसकेको अवस्था छ ।

 ललितपुरकै सातदोबाटो, चापागाउँ, लुभु, संख्खु, गोटिखेल लगायतमा सेवा केन्दहरु मार्फत कारोबार गर्दै आएको सो सहकारीको केन्द्रिय कार्यालय ढोलाहिटीमा दिनहुँ जसो बचत फिर्ताको लागि सदस्यहरु आएता पनि ब्यवस्थापनले आश्वासन दिँदै फिर्ता पठाउने गरेको सदस्यहरुको गुनासो छ । संस्थाबाट केही समय अघिदेखि लगानी पनि नगर्ने र बचत फिर्ता पनि नगर्ने गर्दा सदस्यहरु दोहोरो मारमा परिरहेका छन् ।

जनताको ११ करोड बचत रहेको बुझिएको सो सहकारीको अध्यक्षमा  स्वम्भूराम जोशी रहेका छन् । कुनै समय सामुदायिक लघुवित्त वित्तिय संस्था काभ्रेमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरि बैंकिङ कसुरमा राष्ट्र बैंकले कार्वाही समेत गरेका हो । बैकिङ कसुरको मुद्धा हाल सम्म पनि चलिरहेको छ भने सो मुद्धा भएको ब्यक्ति सो सहकारीमा अध्यक्ष कसरी भए गहन विषय छ ।

आफु अध्यक्ष र श्रीमती शुभलाभ जोशी प्रमुख कार्यकारी अधिकृत भएर संचालन गरेको सहकारी डुब्ने अवस्थामा पुगे पश्चात श्रीमतीलाई अलग गरेको समेत बुझन सकिन्छ । हाल उनी संस्थाको सल्लाकारको जिम्मेवारीमा रहेको स्रोतले बताऐ । सामुदायिक लघुवित्तमा आफु काम गर्दा नायव प्रमुख कार्यकारीको जिम्मेवारीमा आफनी कान्छी श्रीमती भेलुमाया मगरलाई राखेका थिए ।

बहुविवाह गरेका जोशी उक्त लघुवित्त संस्थामा ब्यक्तिगत र उनीहरुकै कम्पनीहरुको नाममा एक तिहाइ भन्दा बढी शेयर रहेको पाइन्छ । यसरी सबैतिर नियम विपरीत आफनो हैकम जमाउने ब्यक्तिलाई राज्यबाट के कार्वाही हुनुपर्ने हो गम्भिर प्रश्न खडा भएको छ ।

सहकारी संस्थाका कर्मचारीहरु कार्यालयमा लामो समयदेखि नभेटिएको र अध्यक्षलाई भेट्दा समेत कुनै ब्यवहारिक एवं चित्तबुझ्दो जवाफ नपाउँदा सदस्यहरु सहकारी विभाग धाउन थालेका छन् । अध्यक्ष र ब्यवस्थापक मिलेर कतै यो करोडौ करोड सदस्यको पैसा झ्वाम्म पार्न खोजेका त हैनन् ।  सहकारीको अध्यक्ष र उनकी श्रीमती अध्यक्ष भएका संस्थाहरुमा करोडौ लेनादेना देखाउदै र रकम मिलाउँदै गरेको बार्षिक प्रतिवेदनहरुमा पनि उल्लेख छ ।

यसको छानविन प्रशासनले कहिले गर्ने रु सामुदायिक लघुवित्त वित्तिय संस्थामा निजहरुको ब्यक्तिगत तथा नीजहरुकै स्वामित्व रहेको कम्पनीको नाममा नियम भन्दा अत्याधिक बढी शेयर लगानी रहेको छ । विगतम एसएमआर बहुउदेश्शीय संस्थामा नीजको जेठी श्रीमती शुभलक्ष्मी जोशी प्रमुख कार्यकारी अधिकृत र आफु अध्यक्ष भएर करोडौ रकम घोटाला गरेको स्रोत बताएका छन् ।

सञ्चालक समितिलाई गुमराहमा राख्ने र व्यवस्थापनलाइ प्रयोजन गरी नीजले आफु र आफनो श्रीमती अध्यक्ष भएको संस्थाहरमा सहकारीबाट रकम सार्ने, तलब तथा सेवा सुविधाको नाममा मोटो रकम लिने गरेको देखिन्छ ।

 अध्यक्ष जस्तो ब्यक्तिले नै सहकारीको रकम यसरी आफुखुशी गर्दा संस्था डुबेको अवस्था छ । मौजुदा सञ्चालकहरुले आर्थिक अनियमितामा संलग्न अध्यक्षलाई यसरी बोकेर हिँडिरहने हो भने उनीहरु फस्ने कुरामा दुईमत देखिदैन । ४ हजार बचतकर्ताको ११ करोड बचत फिर्ता कहिले हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि