काठमाडौँ–तराई र मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत सुरुङमार्ग ब्रेक थ्रु

May 25, 2024 - 20:39
 0  6
काठमाडौँ–तराई र मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत सुरुङमार्ग ब्रेक थ्रु


    २०८१ जेठ १२,काठमाडौं, काव्य घर / माननीय रक्षामन्त्री हरि प्रसाद उप्रेतीले स्विच थिचि ब्लास्टिङ गरेर सुरुङमार्ग ब्रेक थ्रु गर्नु भएको छ। काठमाडौँ–तराई रमधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग हिजो सुरुङमार्ग ब्रेक थ्रु हो ।

 यस अघि गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रु गरिएको थियो । रक्षामन्त्री उप्रेतले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन पनि गर्नुभएको छ । निर्माणको ३३ प्रतिशत काम सकिएको छ।

द्रुतमार्गको निर्माणको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने र काठमाडौलाइ मध्य तराईको भुभागसम्म जोडेर तराईको यात्रामा सहज वातावरणम निर्माण गर्ने र कृषि , ब्यापार ब्यवसायमा सहज बनाएर देशको अर्थतन्त्रमा सहयोग गर्ने रक्षामन्त्री हरि उप्रेतीज्युले उद्घाटन समारोहमा बताउनु भएको छ ।


आफु पनि मधेसमा जन्मिएर हुर्केको र आफ्नो गृह जिल्ला सर्लाही भएकोले द्रुत मार्गको अभावले मधेसका जनताले काठमाडौसम्म भोग्नुपरेका दुख ब्यथालाइ आफुले नजिकबाट नियालेको कारण यस आयोजनालाइ आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि