खनाल बन्धुको साधारण सभा
जेठ १३,मोरङ,काव्य घर । खनाल सेवा समिति मोरङ उर्लावारीको बार्षिक साधारण सभा, बन्धु मिलन कार्यक्रम तथा अन्तक्रिर्या कार्यक्रम एक कार्यक्रमका बिच सम्पन्न भएको छ । झापा,मोरङ र सुनसरीका खनालहरुको उपस्थितिमा भएको उक्त कार्यक्रमा प्रा.डा.चक्रपाणी खनालको प्रमुख आतिथ्यतामा रहेकोे थियो । उक्त कार्यक्रममा खनाल सेवा समिति झापाका सचिव ओमप्रसाद खनाल,खनाल सेवा समिति मोरङको अध्यक्ष राजेन्द्र खनाल, खनाल सेवा प्रतिष्ठान सुनसरीका अध्यक्ष शान्तिराम खनाल लगायतले शुभकामना ब्यक्त गरेका थिए । खनाल सेवा समिति मोरङ उर्लावारीका सचिव सरोज खनालले प्रस्तुत गरेका बार्षिक प्रतिबेदन साधारण सभाले पारित गरेको थियो । उक्त कार्यक्रममा खनाल सेवा समिति मोरङ उर्लावारी संस्थापक संरक्षक लोकनाथ खनाल, सल्लाहाकारहरु लीलानाथ खनाल,देवीप्रसाद खनाल,किशोर खनाल,कोषाध्यक्ष प्रमिला खनाल लगायतको उपस्थिति रहेको थियो । खनाल सेवा समिति मोरङ उर्लावारीका अध्यक्ष लेखनाथ खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सल्लाहाकार सदस्य काशीनाथ खनालले गरेका थिए ।
What's Your Reaction?