गाजामा संयुक्त राष्ट्रसंघका १३० कार्यकर्ताको मृत्यु
सँस्थाले खान युनिस र रफाह क्षेत्रहरू सहित मध्य र दक्षिणी गाजामा रहेका आफ्ना ९९ वटा सुविधामा करिब १० लाख विस्थापित व्यक्तिले आश्रय लिएको बताएको छ।
मंसिर २०, काव्य घर । गाजामा संयुक्त राष्ट्रसंघका थप १९ कार्यकर्ताको मृत्यु भएको छ । कुल मिलाएर १३० युएनआरडब्लुए सहकर्मीहरू अक्टोबर ७ देखि मारिएका छन् भन्दै थप जानकारी युएनआरडब्लुए दिएको छ ।
युएनआरडब्लुए ले थप १९ जनाको मृत्यु कहाँ र कहिले भएको भन्ने बारे थप विवरण दिएको छैन भनि सिएनएनले समाचारमा लेखेको छ ।
सँस्थाले खान युनिस र रफाह क्षेत्रहरू सहित मध्य र दक्षिणी गाजामा रहेका आफ्ना ९९ वटा सुविधामा करिब १० लाख विस्थापित व्यक्तिले आश्रय लिएको बताएको छ।
यसले मध्य गाजाको देइर अल बालाहमा रहेको यसको एउटा विद्यालय आइतबारको आक्रमणबाट क्षतिग्रस्त भएको बताएको छ। यस्तै खान युनिसको अर्को विद्यालय नजिकैको आक्रमणले क्षतिग्रस्त भएको छ, जसमा चार आन्तरिक विस्थापित व्यक्तिको मृत्यु भएको छ।
What's Your Reaction?