गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक
बैशाख ३०,काठमाडौं, काव्य घर । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत,फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।
What's Your Reaction?