गृहमन्त्रीकै अगाडि प्रहरी जवानले आत्महत्या गरे

नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् ।

Jun 19, 2024 - 11:09
 0  35
गृहमन्त्रीकै अगाडि प्रहरी जवानले आत्महत्या गरे
फायल तस्वीर

असार ५ काठमाडौं ,काव्य घर/ नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् । आफैँले गोली हानी आत्महत्या गरेको काठमाडौं प्रहरीका एक अधिकारीले जानकारी दिए ।

 प्रहरीको कार्यदलबाट खटिएका उनले आफैँमाथि गोली हानेको बताइएको छ । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले गृहमन्त्री रवि लामिछानेकै सामुन्ने आफैलाई गोकि हानी आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

 सुरक्षामा खटिएका अजित गोलेले आज केहीबेरअघि आफैँमाथि गोली हानेको बताइएको छ । उनलाई मृत अवस्थामा नजिकैको शौचालयमा फेला पारिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि