चार महिना अघि हराएका निर्भिकको अवस्था अझै अज्ञात 

Jun 12, 2024 - 19:37
 0  28
चार महिना अघि हराएका निर्भिकको अवस्था अझै अज्ञात 


जेठ २९,काठमाडौं,काव्य घर । सुनसरी जिल्ला, धरान उपमहानगरपालिका–८का गोविन्द तामाङले आफ्नो हराइरहेको नाती निर्भिक तामाङको खोजी गरिदिन आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन मार्फत उनले आफ्नो ६ वर्षीय नातीको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका हुन् । 
निर्भिक २०८० माघ २२ गते गोविन्द र उनकी आमा सम्झनासँग मावली घर इलाम जिल्लाको रोङ्गे गाउँपालिका दुधेखोला आएका थिए । सानी आमाको विवाहमा आएका निर्भिक गत माघ २५ गतेदेखि बेपत्ता छन् । 


गोविन्दको भनाइ अनुसार मावली घरको  हजुरआमा पर्ने दिलमाया तामाङले निर्भिकलाई लिएर गएकी थिईन् । निर्भिकलाई लिएर गएकी दिलमाया एक्लै फर्किएको र उनको अवस्था अहिलेसम्म अज्ञात रहेको गोविन्दले बताए । 
दिलमायालाई जिल्लाप्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरी छाडेको छ । गोविन्दले आफ्नो नातीलाई जसले लगेको भएपनि आफ्नै बच्चा जसरी राखि दिन आग्रह गरे । 
उनले भने, ‘कसैले त्यो बच्चालाई लगेको छ भने ल्याइदिनुहोला । गलत तरिकाले लगेको भए पनि तपाईहरुले त्यसलाई राम्रोसँग खानपिन गराएर राखिदिनु होला । त्यो खर्च भएको हामी पछिदिनेछौं ।’ गोविन्दले आफ्नो नाती निर्भिकको खोजीकार्यमा सहयोग गरिदिन सरोकारवालाहरुसँग अपिल गरे । 
धरान उपमहानगरपालिका–८ का वडा अध्यक्ष धनबहादुर राईले पनि बालकखोजी कार्यमा सहयोग गरिदिन आग्रह गरे । उक्त घटनाले विगतचार महिनादेखि वडाबासीलाई नै दुःखी बनाएको प्रतिक्रिया दिए । आफूहरुले  निर्भिकको खोजीकार्यमा उनको परिवारलाई सक्दो सहयोग गरेको पनि उनले बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि