बाघ नियन्त्रणमा

Aug 4, 2024 - 22:15
Aug 4, 2024 - 22:16
 0  18
बाघ नियन्त्रणमा


साउन २० चितवन, काव्य घर / चितवनमा मानिसलाई आक्रमण गरि घाइते बनाउने बाघको डार्ट सफल भएको छ । नारायणी किनारमा झण्डै १५ घण्टापछि बाघ नियन्त्रणमा लिइएको हो ।मानिसलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राती नियन्त्रणमा लिएको छ । नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान भरतपुर–२ का पशुपति श्रेष्ठलाई सो बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीले डार्ट गरी बेहोस बनाएर २।७७ मिटर लामो भाले बाघ नियन्त्रणमा लिएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि