जन -आकाश साप्ताहिकको १७औं वार्षिकोत्सव कार्कीकृत ‘कृपज’लोकार्पण
२०८१ साउन ३२,काठमाडौं,काव्य घर । जनआकाश साप्ताहिकले आफ्नो स्थापनाको १७औं बार्षिकोत्सव साउन ३१ गते राजधानीमा भव्यताका साथ सम्पन्न भएको थियो । जनआकाश मिडिया प्रां. लि.को आयोजनामा उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यता तथा जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा १७औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरिएको हो ।
सो अवसरमा जनआकाश साप्ताहिकका प्रधानसम्पादक मोहन कार्कीद्वारा लिखित ‘कृपज’ नामक पुस्तकको लोकार्पण, स्रष्टाहरुलाई सम्मान तथा संगीत खबर कार्यक्रमको प्रोमो प्रमुख अतिथिको हातवाट समुद्घाटन गरी कार्यक्रम सम्पन्न गरिएकको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्ने क्रममा उपसभामुख इन्दिरा रानामगरले संघर्षबाट खारिएर अघि बढेका सम्पादक मोहन कार्कीकृत ‘कृपज’ (कृषि,पर्यटन र जलविद्युतले) समग्रतामा विकास निर्माणका लागि स्पष्ट निर्देश गरेकोमा खुशी व्यक्त गर्दै कृति सफलकको शुभकामना व्यक्त गरिन् । उनले लोकतान्त्रिक मुलुकमा नागरिक अधिकार संरक्षण गर्न सञ्चार क्षेत्र राज्यका सबै निकायले प्रभावबाट मुक्त भएर तटस्थ हुनुपर्नेमा जोड दिइन्। साथै समाजमा भएका सत्यतथ्य घटनालाई सञ्चारकर्मीले ऐनाको रुपमा जस्ताकोत्यस्तै देखिने गरी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
उक्त अवसरमा मोहन कार्कीद्वारा लिखित ‘कृपज’ माथि समिक्षात्मक टिप्पणी गर्दै दामोदर दीपकले विद्रोह संघर्ष र लगनशीलताका परिचायकका रुपमा पहिचान स्थापित गरेका मोहन कार्की राष्ट्र निर्माणका संवाहकका रुपमा स्थापित भएको बताउँदै यो देशका योजनाविद तथा राजनैतिक नेतृत्वले मोहन कार्कीद्वारा लेखिएको ‘कृपज’ कृषि पर्यटन र जलविद्युतका क्षेत्रमा इमान्दारीका साथ लागू गर्ने हो भने देश विकासका लागि लामो समय कुर्न नपर्ने बताए । उनले ‘कृपज’ विकासको लागि सुत्रात्मक कृति रहेको उल्लेख गर्दै कृति सफलताको शुभकामना ब्यक्त गर्दै सवैले कृति पढ्नुपर्नेमा जोड दिएका छन् ।
सो अवसरमा विशेष अतिथिका रुपमा आएका नेपाल राष्ट्रिय व्यवसायी महासंघका कुमार कार्कीले विचौलियाहरुको अन्त नभईकन देशको विकास गर्न नसकिने धारण राखेका थिए । त्यसैगरी पर्यटन विज्ञ खुम बहादुर सुवेदीले शुभकामना दिदै भने पर्यटन क्षेत्रको बृहत्तर विकासको लागि पर्यटनको समुचित विकास गर्नुपर्ने आवश्यकता औल्याएका थिए । यसैगरी विशेष अतिथिकै रुपमा आएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले स्वदेशी र आत्मनिर्भरमुखी पत्रपत्रिकालाई जोगाउन सरकारले उपर्युक्त भूमिका खेल्नुपर्नेमा जोड दिंदै नेपालको विज्ञापन वोर्डको औचित्य नभएको भन्दै विज्ञापन वोर्डले पछिल्लो समय गरेको गलत निर्णयप्रति आक्रोश पोखेका थिए ।
सो अवसरमा वरिष्ठ साहित्यकार डा.शैलेन्दु प्रकाश नेपाल,गोरखा एक्सप्रेसका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार राजन कार्की, बाल साहित्यकारका रुपमा प्रशिद्धि कमाएकी ललिता दोषी लगायत करिव चार दर्जन विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।
अन्त्यमा सभाध्यक्ष मोहन कार्कीले योग्य तथा अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै विशिष्ट व्यक्तित्वहरुलाई सम्मान पत्र,कदरपत्र तथा मयाको चिनो प्रदान गरी सम्मानित गर्न पाउँदा अत्यंत हर्ष लागेको बताउँदै कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुभएका सम्पूर्ण अभ्यागतहरु प्रति हार्दिक आभार व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य जन आकाश मिडियाका पत्रकार विनोद कार्कीले गरेका थिए, भने सोही अवसरमा साहित्यकार दुर्गा अधिकारी ‘भमरकोटे’कवि द्वारिका कुइँकेल,एली खड्का,सानू शर्मा, लगायतले रचना वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन रामेछाप सांस्कृतिक कालकार समाजका सचिव नकुल गौतमले सहजरुपमा गरेका थिए
What's Your Reaction?