जोशी एआईजीमा बढुवा र एआईजीहरुको सरुवा

Aug 6, 2024 - 20:56
 0  21
 जोशी एआईजीमा बढुवा र एआईजीहरुको सरुवा

साउन २२,काठमाडौँ,काव्य घर  । मन्त्रिपरिषद्ले नेपाल प्रहरीका डीआईजी रामदत्त जोशीलाई अतिरिक्त महानिरीक्षक (एआईजीं) मा बढुवा गरेको छ । बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा पदस्थापना गरिएको छ । मन्त्रिपरिषद्ले प्रहरीका ३ जना एआईजीहरुको सरुवा गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा सुब्बा गुरुङले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा एआईजी दीपक थापालाई सरुवा गरिएको छ । ब्यूरोमा कार्यरत एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गरिएको मन्त्री गुरुङले बताए । 
सीआईबी प्रमुखलाई सरकारले पाँच महिनामा नै सरुवा गरेको छ । ज्ञवाली २०८० चैत २ मा मन्त्रिपरिषद्को निर्णय अनुसार सीआईबीमा गएका थिए । ब्यूरोमा पठाइएका थापा उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि