ज्येष्ठ नागरिक सम्मान
बैशाख ३१, झापा, काव्य घर / ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा शाखा दमक –८ ले मातातिर्थ ओैशीको अवसर पारेर ८० वर्ष भन्दा माथिका ज्येष्ठ माताहरुलाई सम्मान गर्ने कार्यक्रम गरेको छ ।
कार्यक्रममा १०३ वर्षकी आमा राममाया खतिवडा लगायत विकमाया दंगाल,कृष्णमाया ढकाल,पवित्रादेवी मैनाली,कौशिला निरौला,राधिका मिश्र, शिवमाया ओली, पवित्रा भण्डारी, तुलसादेवी भट्टराई र द्रौपदा नेपाललाई सम्मानित गरिएको थियो।
सम्मानित हुने आमाहरुलाई प्रमुख अतिथि समेत रहेका दमक नगर पालिका वडा नं –८ वडा अध्यक्ष धर्मप्रसाद दाहाल,वडा सदस्य हरिमाया चुडाल ,ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद दाहाल,सल्लाहाकार सह संयोजक डोयना दहाल ,वडा शाखा अध्यक्ष ओमप्रसाद खनालले सम्मान पत्र ,दोसल्ला,माला,टीका लगाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा आमा डेन्टलको तर्फबाट अर्जुन कुमार श्रेष्ठले आमाहरुलाई फलफूल बितरण गर्नु भएको थियो भने आजीवन सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले आमाहरुलाई रु ५००।– का दरले यातायात खर्च उपलब्ध गराउनु भएको थियो । साथै कार्यक्रममा आजीवन सदस्यहरुको प्रमाण पत्र समेत बितरण गरिएको थियो ।
कार्यक्रम ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक– ८ का अध्यक्ष ओमप्रसाद खनालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तारानाथ भट्टराईले गर्नु भएको थियो ।
What's Your Reaction?