तारकेश्वर नगरपालिकामा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप सुरु हुदै

May 23, 2024 - 19:37
 0  7



जेठ १०, काठमाडौ, काव्य घर  / तारकेश्वर नगरपालिकामा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम यहि जेठ १३ देखि २२ गते सम्म सञ्चालन हुने भएको छ ।
नेपालमा कोरोना महामारी लगायतका बिभिन्न कारणले २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मीएका बच्चाहरुलाई पोलियो विरुद्धको आई.पि.भि खोप लगाउन सकिएको थिएन् । उक्त अवधीमा आई.पि.भि खोप लगाउन छुटेका बालबालिकाहरुलाई यस पटक सरकारले देशव्यापी रुपमा खोप लगाउन लागेको हो । देशव्यापी रुपमा सञ्चालन हुने यस अभियानको लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमा नै गएर खोप लगाइनेछ । २०७५ असोज पछाडी जन्मीएका बालबालिकाहरुलाई सरकारले नियमित खोपमा नै पोलियो विरुद्धको उक्त खोप लगाँउदै आएको छ ।

यहि जेष्ठ १३ गते देखि तारकेश्वर नगरपालिकाका भित्र बसोबास गर्ने करिब १२ हजार बालबालिकालाई पोलियो रोग विरुद्धको आईपीभी खोप लगाइने कार्यक्रम रहेको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले जानकारी दिनुभयो । शाहले तारकेश्वर नगरपालिकाका ११ वटै वडाहरुका ५५ खोप केन्द्रबाट २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मीएका बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको बताउनुभयो ।

खोपका लागि आवश्यक जनशक्ति, जनशक्तिलाई तालिम तथा अभिमुखिकरण, खोप केन्द्र र स्वंसेवकहरुको परिचालनको ब्यवस्थापन गरिएको तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले बताउनुभयो । कुंवरले तारकेश्वरको ११ वटै वडाहरुमा वडा खोप समन्वय समितिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु, खोप कार्यकर्ताहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई खोपका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो ।

पोलियो विरुद्ध आईपीभी कार्यक्रममा एलर्जी हुने, सिकिस्त विरामी भएका बालबाललिकाहरुलाई भने खोप लगाउन नहुने तारकेश्वर नगर स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो ।
 -रबिन थपलिया

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि