देश सुहाउँदो शिक्षानीति छैन - दिनानाथ शर्माको

Aug 3, 2024 - 23:43
 0  13
देश सुहाउँदो शिक्षानीति  छैन  - दिनानाथ शर्माको


२०८१,साउन १९,काठमाडौं,काव्य घर / राष्ट्रिय परीक्षाबोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमित तर्फका कूल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी पास भएका छन् । यसपटकको कक्षा १२ को परीक्षामाकूल १ लाख ८७हजार विद्यार्थी असफलभएका छन् । कक्षा १२ को रिजल्टमा यस वर्षपनि खास्सै सुधार भएको देखिँदैन । यसै विषयमा रिपोर्टर्स क्लब नेपालले सरोकारवाला निकायहरुसँग आज (शनिबार) साक्षात्कार कार्यक्रम गरेको छ । 
नेकपा (माओवादी केन्द्र) का सचिवएवं पूर्व शिक्षामन्त्रीदीननाथशर्माले राज्य देश सुहाउँदो शिक्षानीति निर्माण गर्न नसकेर चुकिरहेको बताए । उनले अहिलेको शिक्षानीति राष्ट्रको अनुकूल नरहेको बताए । 
‘हामी नीतिमा चुकेका छौं । सम्पूर्ण चिजको निर्धारण नीतिले गर्छ । यदि शिक्षानीति नै गलत छ, सही शिक्षानीति छैन भने परिणाम राम्रो आउँदैन । आज हामी चुकेको हाम्रो आफ्नो राष्ट्रिय शिक्षानीति छैन । आफ्नो राष्ट्रको अनुकूल छैन,’– उनले भने । 
आफू शिक्षामन्त्रीहुँदानीति परिवर्तनका लागि अध्यादेश समेत ल्याएको बताउँदै उनले त्यो राजनीतिक परिस्थितिका कारणले सफलनभएको बताए । त्यस्तै, राम्रो श्रेणीमा पास भएका विद्यार्थीहरु नेपालमा नबसेको बताउँदै उनले यो राष्ट्रिय चिन्ताको विषय रहेको बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि