निजामती र सुरक्षा निकायका कर्मचारीबीच तलबमा विभेद

नेपाल निजामती कर्मचारी युनियनको असन्तुष्टि, श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

May 21, 2024 - 21:15
 0  6
निजामती र सुरक्षा निकायका कर्मचारीबीच तलबमा विभेद



जेठ ८,काठमाडौं, काव्य घर / नेपालनिजामतीकर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रमएवम् पदसोपानबमोजिमनिजामती सेवामातलबभत्ता समायोजन हुनुपर्ने बताएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै युनियनले संघ, प्रदेश र स्थानीयतहमाकार्यरत सबै तह, श्रेणी र पदकाकर्मचारीहरूलाई देशको आर्थिक अवस्था, सामाजिक परिवेश, बढ्दो महङ्गीकाआधारमा नेपालसँग समानआयभएकाविश्वकाअन्य देश र सार्क राष्ट्रहरूले प्रदानगर्ने सरहको तलबतथा सेवा सुविधाको व्यवस्था गरिनुपर्ने बताएको हो । 


युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले हिजो अर्थमन्त्रीलाई भेटेर आफूहरुले मागहरु पेश गरेको बताए । उनले आफूहरुले पेश गरेका मागहरु कसरी पूरा हुन्छ ? भन्ने सुझाव पनि पेश गरेको बताए । अध्यक्ष पोखरेलले यस पटक आफूहरुले श्रेणी विहीन कर्मचारीको तलब कम्तिमापनि ४५ हजार बनाउनु पर्ने माग राखेको बताए । सोही आधारमा अन्य कर्मचारीको पनि तलब बढ्नुपर्ने युनियनको माग छ ।  समानपदमा रहेको सुरक्षा निकायमा कामगर्ने कर्मचारी भन्दा निजामती कर्मचारीको मर्यादाक्रम अगाडि रहेको बताउँदै उनले सुरक्षा निकायका कर्मचारीको र निजामतीकर्मचारीको तलबमाविभेद रहेको बताए । कम्तिमापनितलब समान बनाउनुपर्ने युनियनको माग छ । ‘तलब बृद्धि गर्न सक्दैनौं भने कम्तिमापनि समानपदमा रहेको सुरक्षा निकायममा कामगर्ने कर्मचारी, निजामती कर्मचारी मर्यादाक्रममा अगाडि छ । तर, त्यहीमर्यादाक्रम भन्दा पछाडि रहेको सुरक्षाकर्मीको तलब यताको भन्दा बढी छ । त्यो त एउटा अपमान गरेको हो,’– अध्यक्ष पोखरेलले भने । 
जनार्दन शर्मा अर्थमन्त्री हुँदा उक्तविषय आफूहरुले गम्भीरताको साथ उठाएको उनले बताए । त्यसबेला सरकारले एउटा वर्गको तलब मिलान गरेर श्रेणीविहीन देखि नासुसम्मको तलब मिलान नगर्दाखेरी ठूलो विरोध भई सो निर्णयबाट ब्याकहुनपरेको उनले स्मरण गरे । उनले यसपटकको बजेटमा तलब समायोजन हुनुपर्ने माग राखे । ‘आर्मी, प्रहरीको जुनमर्यादाक्रम र हाम्रो मर्यादाक्रम छ, हामीभन्दापनि पछि रहेको मर्यादाक्रममा छ, उहाँहरुको तलब बढी छ, हाम्रो घटी छ ।’ उनले भने, ‘त्यो घटाउनु भनेको होईन । कम्तिमापनित्यो मर्यादाक्रम अनुसारको हाम्रो तलबलाई समायोजन तलदेखि माथिसम्महोस् भन्ने प्रमुख माग हाम्रो यो रहेको छ ।’ 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि