नेपाली जनताले बंगला देशको स्थिति आउने अपेक्षा गरिरहेका छन्- प्रा.डा. सुरेन्द्र केसी

Aug 7, 2024 - 21:13
 0  11
नेपाली जनताले बंगला देशको स्थिति आउने अपेक्षा गरिरहेका छन्- प्रा.डा. सुरेन्द्र केसी

साउन,२३काठमाडौं,काव्य घर/बंगलादेशमा विगत एक महिनादेखि जारी आन्दोलनले हिंसात्मकरूप लिएसँगै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश नै छाडेकी छन् । उनी अहिले भारतको शरणमा रहेकी छन् । बंगलादेशमा पछिल्लो एक महिनाको आन्दोलनमा ३ सय भन्दा धेरैको ज्यान गएको बताइएको छ । हसिनाले प्रधानमन्त्री पद त्यागेर देश छाडेसँगै त्यहाँ सेनाले शासन सत्तानियन्त्रणमा लिएको थियो । आन्दोलनरत पक्षले सैनिक शासन पनि स्वीकार नगर्ने बताएसँगै अहिले सहमतिमानोबेल पुरस्कार बिजेता डा.मोहम्मद युनुसलाई सरकार प्रमुख नियुक्त गरिएको छ । 
बंगलादेशको विकसित घटनाक्रमबाट नेपालमा पर्नसक्ने असरको बारेमा रिपोर्टर्स क्लब नेपालले साक्षत्कार कार्यक्रम गरेको छ । साक्षत्कार कार्यक्रममा रिपोर्टर्स क्लबका सभापति ऋषिधमलाले नेताहरुले जनतालाई अवमूल्यानगर्न नहुने बताए । उनले नेपालका नेताहरुले बंगलादेशको घटनाबाट पाठ सिक्नुपर्ने र इमानदार भएर देश र जनताको पक्षमा काम गर्नुको विकल्प नरहेको बताए । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको पक्षमा काम गर्ने मौका रहेको पनि उनले बताए । उनले जनतालाई डेलिभरी दिनसक्ने गरी कामगर्न सरकारलाई आग्रह गरे । 
‘अहिले कांग्रेस–एमालेलाई मौका आएको छ । दुईतिहाइबहुमतको सरकार छ । केपीशर्मा ओलीप्रधानमन्त्री हुनुहुन्छ । कांग्रेसका सभापति शेरबहादुर देउवा सारथी हुनुहुन्छ । सरकारले जनतालाई डेलिभरी दिनुपर्यो । जनताको माग सम्बोधनगर्नुपर्यो,’– उनले भने । 
साथै, अहिले राजनीतिकदल र नेताहरुले समानुपातिकको नाम मानातागोता, सालासाली र आफ्ना मान्छेलाई सांसद बनाउने गरेको धमलाले टिप्पणी गरे । अब योग्य मान्छेलाई समानुपातिकमा मौका दिनुपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री ओलीलाई सम्बोध नगर्दै भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाउन अनुरोध गरे । उनले भ्रष्टाचारी जुनसुकै दलको भएपनि कारबाहीको दायरामाल् याएर इतिहासमा नाम लेखाउन आग्रह गरे । 
राजनीतिकविश्लेषक, प्रा.डा. सुरेन्द्र केसीले नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेको टिप्पणी गरे । प्रा.डा. केसीले आफूले भने बंगलादेशको घटनालाई उत्साहको रुपमान लिएको बताए । ‘अब नेपालमा बंगलादेशमा घटेको घटनाको असर कुन रुपमाआउने होला?भन्ने धेरैको जिज्ञासा देखियो । कतिको त अपेक्षा नै चाँडो भन्दा चाँडो त्यस्तै भइहालोस् भन्ने छ । मेरो विचारमा यो उत्साहप्रद कुरा किमार्थ होईन– उनले भने । 
बंगलादेशमा शेख हसिनाको शासकीय शैलीविगतदेखि नै आलोचित रहँदै आएको उनको भनाइ छ । हसिनाले पारिवारिक विरासतमाउक्तजिम्मेवारी पाएको उनले टिप्पणी गरे ।आफ्नो कार्यकालमाउल्लेख्य राम्रा उपलब्धी हासिल गर्न सकेको, राम्रा सडकहरु बनेको, मुलुकको उत्पादन र उत्पादकत्वको रुझानलाई अभूतपूर्व रुपमा विकास गरेको भएपनि हसिना निरङ्कुश शासक बन्दा अहिलेको परिस्थिति आएको उनको भनाइ छ । 
साथै,हसिनाको कूटनीतिका दृष्टिभारत तर्फ झुक्दा बंगला देशका कट्टर पन्थीहरुलाई राम्रो नलागेको पनि उनले बताए । प्रा.डा केसीले अब नेपाली जनताले पनि आफूलाई परिमार्जन गर्न जरुरी रहेको बताए । उनले नेताहरुले के–कालागि राजनीति गरेका रहेछन् ?भन्ने कुरा प्रष्ट भइरहेको बताउँदै जनताले चाँडै बंगला देशको जस्तो उथल पुथलचाहेको दाबी गरे । तर, उनले त्यस्तो प्रकारको जनभावनालाई ‘उत्तेजक दृष्टिकोण’को संज्ञा दिए । नेपालीहरुले बंगला देशको जस्तै दुर्घटना ननिम्त्यिाएर त्यसबाट पाठ सिक्नुपर्ने उनको सुझाव छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि