नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो महाधिवेशन हुदै

तेस्रो साधारण सभाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट हुने बताए

May 30, 2024 - 20:20
 0  16
नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो महाधिवेशन हुदै


जेठ १७, काठमाडौं, काव्य घर / नेपाल मोबाइल व्यवसायी महासंघले दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गरेको छ । महासंघले आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी जेठ २५ गते काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेस एण्ट इभेण्ट्स प्रा.लि.मा दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गरिएको जानकारी गराएको हो ।
महासंघका महासचिव रमेश घिमिरेले दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट हुने बताए । साथै, महाधिवेशनमा नेपाल भरबाट करिब एक हजार भन्दा बढी व्यवसायी सहभागी रहने उनको भनाइ छ ।
महाधिवेशनले अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ७, महासचिव, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी १४ जनापदाधिकारी र वरिष्ठ सदस्य एक जना र ३४ जना केन्द्रीय सदस्यचय नगर्ने उनले बताए ।
महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल व्यवसायमा लगानीपछिको नाफा घट्दो अवस्थामा रहेको बताउ । उनले अहिले महँगो रेटका मोबाइल सेट ग्राहकको रोजाइमा परिरहेको भएपनि भन्सार छलीका मोबाइल भित्रिदा ब्यबसायीहरु मारमा परेको बताए ।
उनले वार्षिक एक अर्ब ८० करोड रुपैयाँ बराबरको मोबाइल सेट नेपालमा विदेश भ्रमणमा जाँदा र आफन्तहरुले विदेशबाट पठाउँदा आइरहेको बताए । त्यस्तै, खुल्ला सीमानबाट राजश्व छली गरेर प्रतिमहिनापाँचहजार पाँच सयका दरले नेपालमाआइरहेको महासंघको तथ्याङ्क छ । राज्यले भन्सार छलीबाट आउने यस्ता प्रकारका मोबाइल सेटहरुमा प्रतिबन्ध लगाउनुपर्ने महासंघको माग छ ।
यस किसिमका कारोबारको अन्त्यगर्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ । साथै, सेकेण्ड ह्यान्ड मोबाइलको कारोबारमा सरकारको नीति प्रष्ट हुन आवश्यक रहेको उनले बताए । नीति स्पष्ट नहुँदा व्यवसायीहरु मारमा परेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि