नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु बितरण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड दमक शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री जनज्योति आधारभुत बिधालय , दमक ३ गोलाटारका का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्‍यो

Jun 5, 2024 - 21:22
 0  35
नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु बितरण

जेठ २३ झापा ,काव्य घर / नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड दमक शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री जनज्योति आधारभुत बिधालय दमक ३ गोलाटारका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु बितरण कार्यक्रम सम्पन्न भएको छ ।

कम्पनीको दमक शाखाका प्रमुख युवराज श्रेष्ठले सानासाना नानीहरूका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रोत्साहन स्वरुप बिद्यार्थीलाई शैक्षिक सामाग्रीहरु उपलब्ध गराइएको र उहाहरुको उज्वल भविष्यका लागि टेवा पुगोस् भनेर बितरण कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कक्षा नर्सरी देखि कक्षा ५ सम्म अध्यनरत छात्र छात्राहरूलाई आज बिशेष कार्यक्रमको आयोजना गरि इन्स्योरेन्स कम्पनीको तर्फबाट ब्याग, कापी कलमहरु जम्मा एकसयको हाराहारीमा अध्यनरत विद्यार्थीहरुलाई बितरण गरिएको थियो । कार्यक्रममा इन्स्योरेन्स कम्पनीको कर्मचारीहरु विद्यालयका सम्पुर्ण शिक्षकशिक्षिकाहरु स्थानीय भद्र भलाद्मीहरु साथै पत्रकार तथा साहित्यकार राजकुमार खड्गा समेतको उपस्थिति रहेकोे थियो । कार्यक्रमको सहजीकरण बिद्यालयका प्रधानाध्यापक धर्मसुन्दर भट्टराईले गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि