पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले दुवै पिसाबनली काटिदिएको पीडितको आरोप
मैले मर्नुपर्छ भने अब स्वास्थ्यमन्त्रालयको बाहिर गएर मर्छु । मेरो केही विकल्प रहेन,’
बैशाख २६,काठमाडौं,काव्य घर / कमलादेवी कैनीले थापाथली स्थित प्रसूति गृहमा पाठेघरको अप्रेशनका क्रममादुवै पिसाबनली काटिएको बताएकी छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले पाठेघरको अप्रेशन गर्ने जिम्मा सिकारु डाक्टरलाई दिँदा उक्त घटना भएको बताइन् । उनले घटना पछि अस्पतालले जिम्मेवारी नलिएको र उल्टै अमानवीय व्यवहार गरेको आरोप लगाईन् ।
‘सिकारु डाक्टरलाई मेरो अप्रेसन दिएर दुईवटै किड्नीबाट पिसाब नली छुटाइदिनुभयो । अप्रेसनको दुई दिनपछि मेरो ढाड सुन्नियो । सास फेर्न गाह्रो भएको अवस्था थियो ।’ उनले भनिन्, ‘मेरी छोरीले ममीको सास फेर्न समस्या भयो, ढाड सुनिएको छ भनेपछि डा. टुसार जैसीले ग्याष्ट्रिक भएको छ भन्नुभयो ।’
पाठेघरको अप्रेशन गरेको चार दिनपछि अवस्थाएकदमै नाजुकहुँदै जाँदा पनि आफूलाई अस्पतालले जबरजस्ती घर पठाएको उनले सुनाईन् । आफूलाई झनै गाह्रो हुँदै गएपछि फेरि अस्पताल गएर सीटीस्क्यान गरेर हेर्दा अप्रेशनको क्रममा दुवै पिसाबनली काटिएको पत्ता लागेको उनले बताइन् । त्यसपछि पाठेघरको भन्दापनि ठूलो अप्रेसन गर्नु परेको उनले बताईन् ।
अप्रेशनपछि झन समस्या बढेको बताउँदाआफ्नी छोरीलाई डा.श्रीप्रसादअधिकारीले डाक्टरसँग पङ्गानलिन चेतावनीदिएको उनको आरोप छ । आफ्नो उचारकाक्रममा अस्पतालले लाहप्रवाही गरेको उनको आरोप छ । उनले आफ्नो अप्रेसनपछि आईसीयूमा समेत नराखिदिएको बताईन् । साथै, अप्रेशन गरेको घाउमा लो क्वालिटीको टाँका लगाइदिँदा घाउ पूरै पाकेको उनको भनाइ छ ।
डाक्टरहरुको लाप्रवाहीले अर्को अप्रेशनगर्नु परेको भए पनि आफैंले खर्च व्यहोर्नुपरेको उनले गुनासो सुनाइन् । पटक–पटकको अप्रेशन र लाप्रवाहीले गर्दा अहिले किड्नीमा समेत समस्या देखिएको उनले बताईन् । यस्तो अवस्थामा अस्पतालले कुनै प्रकारको उत्तरदायित्व नलिएको उनको भनाइ छ । अब अस्पतालले आफ्नो उपचारमा सहयोग नगरेको खण्डमा मर्नुको विकल्प नरहेको उनले बताईन् । उनले अस्पतालको लाप्रवाहीको कारण आफूले उचार नगरी मर्नुपर्ने अवस्था आउँदा स्वास्थ्यमन्त्रालयको बाहिर गएर आत्महत्या गर्ने चेतावनी दिइन् ।
‘यतिबेलामलाई भातखान समस्या भइरहेको बेलामा तपाईँको लाप्रवाहीले गरेर पाँचचोटी काटिएको मेरो घाउलाई शान्तपार्न सिटामोल किन्न नसकेको अवस्थामा मैले अप्रेशन कसरी गर्ने ? मेरो किड्नीको उपचार कसरी गर्ने ? मैले मर्नुपर्छ भने अब स्वास्थ्यमन्त्रालयको बाहिर गएर मर्छु । मेरो केही विकल्प रहेन,’– उनले रुँदै भनिन् ।
What's Your Reaction?