पाठेघरको मुखको क्यान्सर परीक्षण 

भिआई ए स्क्रिनिङ टेष्टे किन आवश्यक छ ? पाठेघरको मुखको क्यान्सरबारे पूर्व पहिचान, रोग पत्ता लागाउन छिटो छरितो र सरल विधि, परीक्षणपश्चात् नतिजा तुरुन्तै थाहा पाउन, थप उपचार आवश्यक देखिएमा रेफर गर्न सजिलो,

Aug 4, 2024 - 09:46
 0  20
पाठेघरको मुखको क्यान्सर परीक्षण 

२०८१,साउन २०, काठमाडौ,काव्य घर/ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकूलो,घट्टेकुलो बिकास समाज,जेष्ठ नागरिक सेवा केन्द्र घट्टेकूलो २९ को आयोजनामा हिजो २०८१ साउन १९ गते निस्शुल्क  भिआई ए स्क्रिनिङ शिविरको आयोजना सम्पन्न भयो ।  शिविरमा १५५ बढी २९ वडाबासी महिलाहरुले पाठेघरको मुखको क्यान्सरसम्बन्धी  भिआई ए परीक्षण गराउँनु भयो ।

 भिआई ए स्क्रिनिङ टेष्टे किन आवश्यक छ ? पाठेघरको मुखको क्यान्सरबारे पूर्व पहिचान, रोग पत्ता लागाउन छिटो छरितो र सरल विधि, परीक्षणपश्चात् नतिजा तुरुन्तै थाहा पाउन, थप उपचार आवश्यक देखिएमा रेफर गर्न सजिलो, पाठेघरको मुखको क्यान्सरबाट हुने महिला मृत्युदर घटाउन सहयोग पुग्ने,, रोग लागि सकेको या लाग्ने संभावना पत्ता लगाउने प्रारम्भिक विधिबारे जानकारी गराइएको थियो ।

शिविरमा निःशुल्क परिक्षण गराइएको थियो भने सम्बन्धित रोगका विशेषज्ञहरुद्वारा परीक्षण गराइएको थियो । साथै आवश्यक परेमा अर्को निकायमा रिफर गरिने समेत आयोजक संस्थाबाट जानकारी गराइएको थियो ।

काठमाडौ क्यान्सर सेन्टर ताथली, भक्तपुरको प्राविधिक सहयोगमा स्त्री क्यान्सर रोग विशेषज्ञ डाक्टर सुरेश कायस्थको समुह सिस्टर रेजिना बोहरा, अनु थापा , कुसुम भुजेल ,सरू ख्याजु ,संगिता लुंगेली मगर रहनु भएको थियो ।  सोही शिविरमा सेवाग्राहीहरुको प्रेसर चेकजाँचमा आर्या मिश्रले सहयोग गर्नुभएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि