पारिजात साहित्य साधना गुराँस सम्मान २०८१ डा. दुबसु क्षेत्रीलाई
साउन २२, काठमाडौ,काव्य घर/ लाली गुराँस साहित्य प्रतिष्ठानको सदस्य– सचिव पवन पोखरेलद्धारा प्रेषित प्रेस विज्ञप्ति अनुसार प्रतिष्ठानका अध्यक्ष साहित्यकार रन्जुश्री पराजुलीको अध्यक्षतामा मिति २०८१ साउन २१ गते बसेको बैठकले चार दशकदेखि उत्कृष्ट नेपाली काव्य कविता, गीत, गजल र मुक्तकका सिर्जनाद्धारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाउन र नेपाल बाहिर नेपाली भाषा साहित्यको प्रचार प्रसार एवं संरक्षण ,सम्वर्द्धन गर्न अतुलनीय योगदान गर्नु हुने साहित्यकार डा. दुबसु क्षेत्रीलाई हरेक ३ वर्षमा प्रदान गरिने पारिजात साहित्य साधना गुराँस सम्मान २०८१ समर्पण गर्ने निर्णय गरेको छ।
विज्ञप्तिमा जनाइए अनुसार पारिजात साहित्य साधना गुराँस सम्मानमा सम्मानपत्रका साथमा ५१,१११ (एकाउन्न हजार एक सय एघार ) नगद राशि रहेको छ ।
What's Your Reaction?