पाल्पा र स्याङ्जाका आयोजना प्रभावित
बीपीसीएलले अस्वाभाविक रुपमा महशुल वृद्धि गरेको भन्दै पाल्पा र स्याङ्जाका आयोजना प्रभावित जनता आन्दोलित, केन्द्रीय नेताहरुको पनि समर्थन
१४ जेठ,काठमाडौं,काव्य घर / स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा उत्पादन केन्द्र रहेको बुटवल पावर कम्पनी (बीपीसीएल) ले पछिल्लो समय कसैसँग पनि समन्वय र छलफल नगरी महशुल बढाएको भन्दै स्थानीय उपभोक्ताहरु संयुक्त संघर्ष समिति बनाएर विरोधमा उत्रिएका छन् । आज (सोमबार) संयुक्त संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी बुटवल पावर कम्पनी आयोजना प्रभावित क्षेत्रका जनताको ढाड सेक्ने गरी गरेको मूल्य वृद्धिविरुद्ध सशक्त संघर्षमा उत्रिने बताएको हो । बीपीसीएलले सामाजिक उत्तरदायित्व अन्तर्गतका कुनै पनि काम नगरेको संघर्ष समितिले बताएको छ । बीपीसीएलको आयोजना प्रभावित क्षेत्र पाल्पा र स्याङ्जाका विभिन्न स्थानीय तहहरु रहेका छन् । संयुक्त संघर्ष समितिका अध्यक्ष श्यामप्रसाद बस्यालले बीपीसीएलले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई थाहै नदिई महशुल बृद्धि गरेको बताए । विद्युत महशुलबृद्धि ४५ देखि ६५ प्रतिशतसम्म रहेको उनको भनाइ छ । स्थानीयहरुको उपभोक्ताहरुको ढाड सेकिने गरी मूल्यवृद्धि भएको उनको भनाइ छ । त्यहाँका स्थानीयहरु अहिले आफ्नो ढंगले आन्दोलित रहेकोसमेत उनले बताए । आयोजनाप्रभावित क्षेत्रकाजनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने र कम्पनीले आफ्नो सामाजिकउत्तरदायित्व पूरा गर्नुपर्ने बताए ।
‘जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि तत्कालफिर्ता हुनुपर्छ । अहिले २० देखि ५० यनिटसम्म जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिनुपर्छ भनेर विद्युत प्राधिकरणले भनिरहेको अवस्थामा उल्टो बुटबल पावर कम्पनीले ढाड सेक्ने काम गरेको छ,’– उनले भने ।
५ एम्पियरको १० युनिट विद्युतखपतगर्ने उपभोक्ताले विद्युतप्राधिकरणलाई ३० रुपैयाँतिर्ने गरेको बताउँदै उनले बुटवल पावर कम्पनीले भने अत्याधिकमूल्य वृद्धि गरेको बताए । ग्रामिण विद्युतीकरणको नाममा जनताको ढाड सेक्ने कार्य आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए ।
नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले बुटवल पावर कम्पनीले अस्वभाविक रुपमा मूल्यवृद्धि गरेर आयोजना प्रभावित क्षेत्रका जनतालाईमाथि कुठराघात गरेको बताए । आकस्मिक ढंगबाट थाहै नदिई ४३ प्रतिशत मूल्यवृद्धि गरेको उनको भनाइ छ ।
चापाकोट, गल्याङ, रम्भा, रामपुर र भीरकोटका जनताले बीपीसीएल निर्माण हुँदा श्रमदानदेखि मुअब्जा सम्म नलिइ सहकार्य गरेको उनको भनाइ छ । कम्पनीले जनताले गरेको सहकार्य भुलेर एकाङ्की ढंगबाट मूल्यवृद्धि गरेको र आफूहरुलाई कुनै ढंगले स्वीकार नरहेको बताए । मूल्यवृद्धि फिर्ता गराएरै छाड्ने उनले प्रतिवद्धता व्यक्त गरे । उनले आज नै उर्जा मन्त्रालयमा गएर यो विषयमा छलफल हुने बताए । बीपीसीएलले नाफाकमाउने नाममा त्यहाँकाजनताले गरेको सहकार्य भुल्ननहुने बताए । मूल्यवृद्धि फिर्ता गराउने र जनसवालको विषयमात्यहाँका सबै दल र नागरिक समाज एकै ठाउँमा रहेको बताए । उनले मूल्यवृद्धिलाई ठग प्रवृत्तिको संज्ञा दिए ।
नेकपा (एमाले) का नेताएवं पाल्पा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले बीपीसीएलले स्वैच्छिक ढंगले मूल्यवृद्धि गरेको बताए । पाल्पाजिल्लाको केही भू–भागबीपीसीएलको आयोजना प्रभावित क्षेत्र पर्ने बताउँदै उनले उक्त क्षेत्रमा पनि कम्पनीले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गतको कार्य नगरको बताए । आयोजना प्रभावित क्षेत्रकाजनताले बीपीसीएलम ाश्रमदान समेत गरेको उनको भनाइ छ । विद्युत नियमन आयोगले बीपीसीएलको प्रभावमापरेर मूल्यवृद्धिको स्वीकृति दिएकोसमेत उनले आरोप लगाए । आयोगको निर्णय नै खेद जनक रहेको नेता आचार्यले बताए । नेताआचार्यले जनप्रतिनिधिहरुसँग कुनै छलफल नै नगरी भएको स्वैच्छाचारी निर्णय लागू हुननदिने बताए ।
अधिवक्ता अर्जुन कुमार अर्यालले कम्पनीको उद्देश्यमाथि नै प्रश्न उठाए । आफूले कम्पनीको वेवसाइडमा कम्पनीको उद्देश्य खोज्दा १७ प्रतिशतनाफागर्नैपर्ने उल्लेख रहेको बताए । ‘यो मुलुकका ठूला–ठूला साहुजीहरु यो कम्पनीको मालिक रहेछन् । कम्पनीको उद्देश्य रहेछ १७प्रतिशतनाफागर्नैपर्ने । कुनै पनिव्यवसायको नाफाको प्रिन्सिपल यति प्रतिशतगर्ने भन्ने हुँदैन । घाटा पनि हुन्छ र नाफापनि हुन्छ,’– उनले बताए ।
स्याङ्जा पत्रकार समाज नेपालका अध्यक्ष ईन्द्रबहादुर रिजालले आयोजनाप्रभावितजनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि कुनैपनिहालतमा स्वीकार्य नरहेको बताए । उनले जनतालाई आतङ्कितपार्ने काम बुटवल पावरले गरेको बताए । जतिसक्दो चाँडो मूल्यवृद्धि फिर्ता हुनुपर्ने उनको माग छ ।
नेपालविद्यार्थी संघका पूर्व महामन्त्रीयुवराज पाण्डेले बुटवल पावर कम्पनीले आफ्नो प्रगति दैनिक बढाउँदै लगेको अवस्थामाआयोजनाप्रभावितजनताको अवस्था जस्ताकोतस्तै रहेको बताए । कम्पनीले धेरैभन्दा धेरै मुनाफाकमाइरहेको अवस्थामाजनताको मागप्रति बेखबर बनेको बताए ।
नेकपा (माओवादी केन्द्र) निकट स्याङ्जा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष प्रितम गैरेले आफूहरु मूल्यवृद्धिको विरुद्धमा उभिएको बताए । बीपीसीएलले आयोजनाप्रभावित क्षेत्रकाजनतासँगविगतमा गरेको सहमति र सम्झौताकार्यान्वयननगरेको उनले बताए ।
त्यसैगरी वक्ताहरु पत्रकार प्रकाश डुम्रे, शंकर गौतम, भुपराज बस्यालले बीपीसीएलले गरेको मूल्यवृद्धि तत्तकालफिर्ता हुनुपर्ने बताए । आफूहरुलाई मूल्यवृद्धि कुनैपनिहालतमा स्वीकार्य नरहेको बताए ।
What's Your Reaction?