पूर्वसांसद क्षेत्रीद्धारा अर्घाखाँचीका आगलागि पीडितलाई राहात हस्तान्तरण
जेठ ३, अर्घाखाँची, काव्य घर । लुम्बिनी प्रदेशकी पूर्वसासंद निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका आगलागि पीडितहरुलाई राहत वितरण गरिएको छ । जिल्लामा गत चैत २४ देखि वैशाख २६ गतेसम्म भएको वन डढेलोका कारण वस्तिमा पुगेको आगोले त्यहाँका स्थानीय बासिन्दाहरु घरबार विहिन बन्न पुगेका थिए ।
पूर्वसांसद क्षेत्रीको पहलमा जिल्लमा पहिलोपटक आगलागीबाट पीडित बनेका २६ घरपरिवारहरुलाई खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरु वितरण गरिएको छ । पीडित परिवारहरुलाई थोरै भएपनि राहतको अनुभूति मिलोस् भन्ने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा उक्त राहत सामग्री हस्तान्तरण गरिएको पूर्वसांसद क्षेत्रीले बताउनुभयो ।
जिल्लाको भुमिकास्थान नगरपालिका वडा न– १,३ ४ र ५ मा क्रमसस् वितरण गरिएको बताइएको छ । मालारानी गाउँपालिका वडा न–२ ५, शितगंगा नगरपालिका वडा न– ५, पाणिनी गाउँपालिका ३ र ८, छत्रदेव गाउँपालिका वडा न– ४ र ५, सन्धिखर्क नगरपालिका वडा न–२ मा आगलागि पीडितको घरमा पुगेर घरबारविहिन परिवारको दिगो रुपमा पुनःस्थापनाका लागि राज्य जिम्मेवार हुनुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
सांसद क्षेत्रीले भन्नुभयो( प्राकृतिक विपत्तिको घडिमा मानव जीवनमा आएको गम्भीर समस्यामा सबै क्षेत्र र दलहरु एकभएर जनताको सेवामा खट्नुपर्नेमा जोड दिनुपर्छ उहाँले भन्नुभयो । नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र टेवा नेपालको सहयोगमा उक्त राहत सामाग्री जनप्रतिनिधिहरुको रोहवरमा वितरण गरिएको हो ।
What's Your Reaction?