प्राज्ञ प्रा.डा खेमराज खनालको ‘थाङ्नू’लघुकथा सङ्ग्रहको लोकार्पण
![प्राज्ञ प्रा.डा खेमराज खनालको ‘थाङ्नू’लघुकथा सङ्ग्रहको लोकार्पण](https://web.kavyagharnepal.com/uploads/images/202408/image_870x_66b8e3ee74b4e.jpg)
साउन २७,सुनसरी,काव्य घर /अखिल नेपाल लेखक सङ्घ– कोसी एक नम्बर प्रदेश समितिद्धारा आयोजित तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्रा.डा खेमराज खनाल ‘कलम सौखिन’द्वारा लिखित नवीनतम् लघुकथा सङ्ग्रह ‘थाङ्नू’को लोकार्पण एक कार्यक्रमबिच भएको थियोे । कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ प्रगतिवादी स्रष्टा भानु भण्डारीले उक्त कृतिको लोकार्पण गर्नुभएको थियोे। उहाँले प्राज्ञ खनालको‘थाङ्नू’लघुकथा सङ्ग्रहलाई समाजमा व्याप्त रहेका अनेकौँ बेथितिविरुद्ध उभ्याइएको छ ।लघुकथाकारले प्रगतिशील स्वरलाई मुखरित गर्दै प्रतिरोधी चेतनालाई सशक्त पारेका छन् भन्नु भएको थियोे ।
जनसांस्कृतिक महासङ्घ केन्द्रीय सचिवालय सदस्य ,जनसांस्कृतिक महासङ्घ प्रदेश अध्यक्ष तथा नेपाल प्रज्ञा(प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले पठाउनु भएको कार्यक्रम सफलताको शुभकामना वाचन गरिएको थियो ।
अखिल नेपाल लेखक सङ्घ प्रदेश एक ९कोसी० का अध्यक्ष प्राडा प्राज्ञ खेमराज खनालले आफूले भोग्नुपरेका जीवनका अनेकौँ पाटाहरू मिहिन ढङ्गले केलाएर आफूले लघुकथा सङ्ग्रह प्रकाशनमा ल्याएको बताउनु भएको थियो ।उहाँले न्याय ,समता र रूपान्तरणको पक्षमा लघुकथा रचेको दाबी गर्दै प्रगतिवादी कथा सिर्जनामा तल्लिन रहेको उल्लेख गर्नुभएको थियोे ।
कार्यक्रमको सञ्चालन सङ्घका उपाध्यक्ष विमला पोखरेलले र सचिव सुधीर केसीले स्वागत मनतव्य राख्नु भएको थियोे । सङ्घमा रिक्त रहेको उपाध्यक्ष पदमा ओम श्रमिकलाई मनोनयन गरिएको जानकारी दिइएको थियो ।
-शोभा खनाल
What's Your Reaction?
![like](https://web.kavyagharnepal.com/assets/img/reactions/like.png)
![dislike](https://web.kavyagharnepal.com/assets/img/reactions/dislike.png)
![love](https://web.kavyagharnepal.com/assets/img/reactions/love.png)
![funny](https://web.kavyagharnepal.com/assets/img/reactions/funny.png)
![angry](https://web.kavyagharnepal.com/assets/img/reactions/angry.png)
![sad](https://web.kavyagharnepal.com/assets/img/reactions/sad.png)
![wow](https://web.kavyagharnepal.com/assets/img/reactions/wow.png)