मनिष घिमिरे नेपाल लाइफ क्यापिटलको सिईओ
जेठ ४, काठमाडौं, काव्य घर । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुखकार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।
घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपालीपूँजीबजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ। नेपाललाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरि १० वर्षभन्दा बढीसमय कार्यसम्पादनगरेकाछन् ।
घिमिरेले FCCA काठमाडौं विश्वविद्यालय स्कूल अफम्यानेजमेन्ट कुसुम-EMBAनि गरेका छन् । घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सन्चालनमा विज्ञता रहेको छ ।
नेपाललाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालनगरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्यउदेश्यका साथ नेपाल धितोपत्रबोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमतिप्राप्त पब्लिक लिमिटेड कम्पनी हो ।
कम्पनीले पुँजीबजारका असिमित संभावनाहरु त्था यसको बहु–आयामिक पक्षहरुको अध्ययन गरि नेपाली लगानी कर्ताहरुलाई सुरक्षित तथा लाभदायक लगानीका अबसरहरु प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता संचालन सेवाप्रदानगर्दै आइरहेको छ ।
What's Your Reaction?