महिला साहित्यकारको मासिक भेला  सम्पन्न

Aug 10, 2024 - 08:54
 0  29
महिला साहित्यकारको मासिक भेला  सम्पन्न

२०८१ साउन २६, काठमाडौ, काव्य घर । महिला साहित्यकारहरुको चौथो मासिक भेला साउन २५ गते काठमाडौंमा सम्पन्न भएको छ । बरिष्ट आख्यानकार माया ठकुरीको आख्यानमा डा.रेणुका सोलुको समीक्षा सहित सम्पन्न उक्त कार्यक्रममा माया ठकुरीले नेपाली भाषा साहित्य क्षेत्रमा पु¥याउँनु भएको योगदानको चर्चा गरिएको थियो ।

 कार्यक्रमको संयोजक रीता खत्रीले सञ्चालन गर्नु भएको कार्यक्रममा तीन दर्जन भन्दा बढी नारी स्रष्टहरुले आफ्ना रचना बाचन गरेका थिए । रचना बाचन गर्नेहरु जलेश्वरी श्रेष्ठ,भागिरथी श्रेष्ठ,उन्नती बोहोरा‘शिला’,कान्ति पराजुली, कमला शाक्य, भैरवी भूगोल,रीता खत्री,गंगा कर्माचार्य पौडेल,रञ्जु दाहाल, थिए । यस कार्यक्रमा स्रष्टालाई प्रोत्साहन स्वरुप जुमन किरणको किताब विक्रि गरिएको थियो । साथै  कार्यक्रममा समीक्षकलाई समेत पारिश्रमिक दिने पराम्परा समेत रहेको । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि