मानव बेचबिखन– शैली र स्वरुप परिवर्तन, अवस्था उस्तै
जेठ ९,काठमाडौं,काव्य घर/ मानव बेचबिखनस् शैली र स्वरुप परिवर्तन भएपनि अवस्था उस्तै रहेको बताएका छन् ।
शक्ति समूहको आयोजना र मुक्ति साउथ एसिया तथा एक्प्याक्ट लक्जेम्बर्गको सहयोगमा काठमाडौंमा भएको मानव बेचबिखन न्यूनिकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यशालामा सरोकारबालाहरूले त्यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा शक्ति समूहकी अध्यक्ष तथा मानव बेचबिखनविरुद्धकी अन्तर्राष्ट्रिय अभियन्ता चरिमाया तामाङले मानव बेचविखन सभ्यताकै कलंक भएको बताईन् ।
कार्यशालामा बोल्दै अभियन्ता तामाङले स्वरूपमा परिवर्तन भएर मानव बेचविखन भइरहेको बताईन् ।
अहिलेको परिवर्तित सन्दर्भमा पनि मानव बेचबिखन भइरहेको भन्दै पहिले अशिक्षाको कारण बालिका र महिलाहरू बेचबिखनमा पर्ने गरेको भए पनि अहिले भने पढेलेखेका महिलासँगै पुरुषहरू समेत बेचिनको सिकार हुन थालेको बताईन् ।
शिक्षा, रोजगारी र विवाहको प्रलोभनमा बेचबिखन बढेको भन्दै उनले पहिले अशिक्षित महिला तथा बालबालिका बेचिने गरेकोमा अहिले शिक्षित नै परेको बताइन्। आधुनिक दासताको जड गरिबी भन्दै उनले दासता उन्मुलन र गरिबी उन्मुलनलाई सँगसँगै लानुपर्ने बताइन्।
मानव बेचबिखन आधुनिक दासताको एउटा पाटो अर्थात सभ्यताकै कलंक रहेको भन्दै तामाङले सामुदायिक परिचालन समुदायले नै गर्नेपर्ने र गरिबीविरुद्ध पनि लड्नुपर्नेमा जोड दिइन् ।
विकसित समाज सँगै मानव बेचविखनका शैली र गन्तव्य फेरिएको उहाँको कथन थियो । तामाङले अहिले पनि रोजगारी लगायतका नाममा मानव बेचबिखन भइरहेको र पहिलेको भन्दा यसको स्वरूपमा परिवर्तन आएको भन्दै सामाजिक संजालको बढ्दो प्रयोगले पनि बेचबिखन रोकथाममा चुनौती थपेको बताईन् ।
बेचिएका सय जनाको उद्धार हुँदा १० जना मात्र नेपाल फर्काउन सफल हुने गरेको उदाहरण पेश गर्दै तामाङले सहयोग केन्द्रमा होल्डगरीएकाहरु आत्महत्या गर्ने , अको ठाउँमा पुन बेचविखनको सिकारमा पर्ने गरेको भन्दै यस सम्बन्धमा आम संचार मानव अधिकार र गैर सरकारी संघ संस्थाहरुको जतिको सहयोग सरकारको नभएको भन्दै सोचे जति उद्धार र पुनस्थापनामा समस्या भएको बताईन् । नेपाल सरकारको नितीगत अस्पष्टताका कारण मानव बेचविखन र न्यूनिकरणमा समस्या भएको भन्दै आफूहरु बेचबिखनमा परेर स्वदेश फर्किँदाको अवस्था र यो बीचको करिब ३ दशकको अवधिमा नेपाली समाजमा केही परिवर्तन देखिएपनि मानव बेचबिखनलाई निर्मूल गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताईन् ।
उनले एकाध घटना बाहेक बेचबिखन प्रभावितलाई पुनर्स्थापित गर्न नेपाली मिडियाले खेलेको भूमिका प्रशंसायोग्य रहेको भन्दै आम संचार क्षेत्रमा पनि पिडितको गोपनियता र सुरक्षाको सबाललाई ध्यान दिनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा मुक्ति साउथ एशियाकी बालकुमारीदर्लामीले नेपालमा मानव बेचिबिखनको पछिल्लो अवस्थाबारे जानकारी गराईन् । अहिले पनि गरीबी र पारिवारिक विखण्डनका कारण बेचबिखन हुनेका संख्या आधा भन्दा बढी रहेको तथ्यांक प्रस्तुत गर्दै उनले मानव बेचबिखनलाई निर्मूल गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताईन् ।
उनले २०६४ मा दर्ता भएका मानव बेचविखनविरुद्धको मुद्दा २०७२ सालमा फैसला भएको भन्दै यस्ता मुद्दा अहिले सम्म १ सय वटा अदालतमा दर्ता भएकोमा १४ वटाको मात्र फैसला भएको तथ्यांक पेश गरिन् । । यस्ता ८६ मुद्दा अझै अदालतमा विचाराधीन रहेको उनको तथ्याङकमा उल्लेख छ । बल्ल–बल्ल अपराधिलाई सजायको दायरामा ल्याइन्छ तर नाटकीय पाराको कानुनी कार्यान्वयन छ । कहिले कहाँ छोडिन्छ उनले भनिन् ।
पीडितहरुले सामाजिक लाञ्छना तथा वहिष्कार खेप्नुपर्ने र उक्त व्यवहारले मनोबल गिराउने काम भएको छ । परिवारले नै बोझको रूपमा लिने गरेको छ भने रोजगारको अवसर नपाउने अवस्था रहेको उनको भनाई छ ।
कार्यक्रममा पत्रकार मात्रिका पौडेलले मानव बेचखिन विरुद्धको अभियानमा सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बेच विखनमा महिला र बालबालिका मात्र नभएर पुरुषहरू पनि पर्ने गरेको बताए ।
मानवबेचविखनको शैलि र गन्तव्य फेरिएको छ, तर बेचविखन भने उस्तै छ । युक्रेन(रूसी युद्धका कारण अहिले नेपाली दाजुभाईहरुको ज्यान गएको छ । पैसाको प्रलोभनमा लगेर उनिहरुको ज्यान जानु पनि अहिलेको फेरिएको नयाँ तरिकाको फरक मानववेचविखन हो उनले भने ।
मुक्ति साउथ एशियाले शक्ति समुह सहित नेपाल भारत र बंगलादेश मानव बेचबिखनको स्रोत देश गन्तव्यको रुपमा रहेको भन्दै यी तिनै वटा देशमा संयुक्त अभियान सञ्चालन गर्दै आएको छ ।
-लेखनाथ सिकारू
What's Your Reaction?