मोदीको शपथ ग्रहण समारोहमा जाने प्रधानमन्त्री दाहालको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन निमन्त्रणा पठाएका छन्।

Jun 6, 2024 - 12:38
 0  28
मोदीको शपथ ग्रहण समारोहमा जाने प्रधानमन्त्री दाहालको तयारी

 जेठ २४ काठमाडौ ,काव्य घर / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन निमन्त्रणा पठाएका छन्।

 भारतीय मिडियाहरुले जुन ८ मा मोदीले शपथ लिने तयारी गरेका छन्।मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारतको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए। समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन्। जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ।

 ५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतको लागि २७२ सिट आवश्यक पर्दछ । भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेकोले भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९३ सिट जितेको छ भने विपक्षी गठबन्धनले २३४ सिट जितेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि