रुपन्देहीमा विद्युतीय अपराधका घटना बढ्दै 

पछिल्लो समय जिल्लामा सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न खालका अपराधहरु बढ्दै गएको र जसमा बालबालिका र महिलाहरु बढी पीडित बन्न पुगेको बताएका थिए ।

May 21, 2024 - 21:26
 0  6
 रुपन्देहीमा विद्युतीय अपराधका घटना बढ्दै 

जेठ ८,रुपन्देही, काव्य घर  रुपन्देहीमा विद्युतीय अपराधका घटना बढ्दै गएको र मानव अधिकारको अवस्था सन्तोष जनक नरहेको सरोकारवाला निकायहरुले गुनासा गरेका छन् ।

मंगलवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको कार्यक्रममा रुपन्देहीमा विद्युतीय अपराध र मानव अधिकारको अवस्था विषयेक साक्षात्कारमा बोल्ने सरोकारवाला निकायहरुले यस्तो गुनासो गरेका हुन् । पछिल्लो समय जिल्लामा सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न खालका अपराधहरु बढ्दै गएको र जसमा बालबालिका र महिलाहरु बढी पीडित बन्न पुगेको बताएका थिए ।

मानव अधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष गोविन्द खनालले नेपालको संविधानमा मानव अधिकारलाई सुनिश्चित गरेता पनि कार्यन्वयन पक्ष फितलो भएको बताए ।  कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकाय संवेदनशिल हुनुपर्नेमा जोड दिए ।

संविधानमा लिपिबद्ध रहेका अक्षरसलाई कार्यान्वयनमा के कसरी व्यावहारिक रुपमा लगिएको छ । त्यो हेर्नुपर्छ । नेपालमा मानव अधिकारको अवस्थालाई हेर्ने हो भने निकै कमजोर छ । सामाजिक न्यायको अवस्था, बालबालिकाको अवस्था र महिला सम्बन्धि यौनजन्य अपराधलाई निरुत्साहित गर्न सम्बन्धित निकायहरु प्रभावकारी नभएको जस्तो देखिएको जनाए ।

खनालले भने, महिला हिंसा विगतको भन्दा हाल केही सुधारिएको छ तर सन्तोष जनक छैन् । बढ्दो विद्युतीय अपराधलाई कानुनी कठघरामा प्रहरी पनि प्रविधिमैंत्री हुनुपर्ने हुन्छ । अपराध गर्नेहरुले नयाँ टेक्नोलोजी अपनाएर अपराध गर्दै आएकाले प्रहरी पनि प्रविधिको ज्ञानमा अब्बल हुनुपर्नेमा सुझाए ।

उच्च अदालत बार एशोशियन बुटवलका पूर्वअध्यक्ष जोखवहादुर खत्रीले नागरिकका समस्याहरु प्रहरीमा उजुरी परेपछि पीडितहरुलाई दिने मनोपरामर्श सुरक्षित नभएको जिकिर गरे । आफु कानून व्यवसायी भएकाले पछिल्लो समय अदालतमा विद्युतीय अपराधका घटनाहरु बढ्दै गएको देखिन्छ । साइबर क्राइमले समाजमा विभिन्न खालका आर्थिक, यौन शोषण र मानव बेचबिखन जस्ता अपराधबाट समाज र महिलाहरु त्यसको पीडित बन्न पुगेकाले संविधानमा उल्लेख गरिएको विद्युतीय कारोबार सम्बन्धि कानूनलाई कडाईका साथ लागू गरी यस्ता खालका घटनाहरुलाई कानूनी कट्घरामा ल्याएर कारबाही गर्नुपर्ने बताए । खत्रीले अहिले बैंकिङ उजुरीमा प्रहरीले असहयोग गरेको गुनासो पीडितहरुले गर्दै आएको र बलात्कार सम्बन्धि उजुरीमा प्रहरीले चासो नदिएको दुखेसाहरु आउने गरेकाले प्रहरी संगठनले विशेष रुपमा ध्यान दिनुपर्ने सुझाए ।

मानव अधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष गोविन्द खनालले नेपालको संविधानमा मानव अधिकारलाई सुनिश्चित गरेता पनि कार्यन्वयन पक्ष फितलो भएको बताए ।  कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकाय संवेदनशिल हुनुपर्नेमा जोड दिए ।

संविधानमा लिपिबद्ध रहेका अक्षरसलाई कार्यान्वयनमा के कसरी व्यावहारिक रुपमा लगिएको छ । त्यो हेर्नुपर्छ । नेपालमा मानव अधिकारको अवस्थालाई हेर्ने हो भने निकै कमजोर छ । सामाजिक न्यायको अवस्था, बालबालिकाको अवस्था र महिला सम्बन्धि यौनजन्य अपराधलाई निरुत्साहित गर्न सम्बन्धित निकायहरु प्रभावकारी नभएको जस्तो देखिएको जनाए ।

खनालले भने, महिला हिंसा विगतको भन्दा हाल केही सुधारिएको छ तर सन्तोषजनक छैन् । बढ्दो विद्युतीय अपराधलाई कानुनी कट्घरामा प्रहरी पनि प्रविधिमैंत्री हुनुपर्ने हुन्छ । अपराध गर्नेहरुले नयाँ टेक्नोलोजी अपनाएर अपराध गर्दै आएकाले प्रहरी पनि प्रविधिको ज्ञानमा अब्बल हुनुपर्नेमा सुझाए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख विजयराज पण्डितले हिजो भौतिक रुपमा हुने अपराध आज विद्युतीय मार्फत् हुने भएकाले अपराधको अवस्था बदलिएको छ । यसको नियन्त्रणका लागि प्रहरी संगठनभित्र हामी पनि प्रविधिको ज्ञानमा सशक्त हुनुपर्छ ।

प्रहरीले उजुरी लिएन भन्ने गुनासोमा उनले भने घटनाको प्रकृति र आवश्यक प्रमाण नभएको घटनामा हामीहरुले सोही प्रकारको सल्लाह दिने र प्रहरीको क्षेत्राधिकारभित्र नपर्नेलाई सम्बन्धित निकायमा पठाउने गरेको बताए ।  उनले मानव अधिकारको विषयमा आफुहरु जहिले पनि सचेत भएर काम गर्दै आएको बताएका छन । उनले शान्ति सुरक्षा कायम गर्नको निम्ति प्रहरी अहोरात खटिरहेको बताउदै यसको निम्ति नागरिक समाज र मिडियाको पनि विशेष भुमिका रहने बताए ।

साक्षात्कारमा बोल्दै इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीले अपराधका नयाँ नयाँ घटनाहरु आउन थालेका बताउँदै, घरपरिवारबाटै बलात्कारका घटना र विवाहको प्रलोभन र जागिर लगाइदिने जस्ता लोभ देखाएर हुने प्रकृतिका महिला हिंसा बढेको बताइन् । उनले भनिन् आफ्नै पारिवारबाट महिलाहरु सुरक्षित छैनन् । जसले गर्दा स्थानीय तहदेखि नै नियम कानुनलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

बिसीले भन्छिन्, जिल्लाको दक्षिण क्षेत्रबाट प्रहरीले हाम्रा मुद्धाहरु दर्ता गरिदिएन भन्ने खालका गुनासाहरु आउँछन् । जिल्लामा मानव अधिकारको अवस्था हेर्दा कुपोषणको समस्या रहेको प्रति सम्बन्धित निकायहरुले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि