विजया लघुवित्त वित्तीय संस्थाको पन्ध्रौं साधारण सभा सम्पन्न
विजया लघुवित्त वित्तीय संस्था लिमिटेडको पन्ध्रौं साधारण सभा धुलिखेलमा सम्पन्न भएको छ । केन्द्रिय कार्यालय धुलिखेलमा रहेको विजया लधुवित्तले एक कार्याक्रम गर्दै १५ औं साधारण सभा सम्पन्न गरेको हो । सयौं शेयर सदस्य महानुभावहरुको उपस्थीतिमा सम्पन्न भयो ।
कार्यक्रममा सञ्चालकहरु कपिल न्यौपाने, शारदा प्रसाद कट्टेल, उमेश घिमिर, सृजना शर्मा गौतम, प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्साल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष लोक बहादुर खड्काले पानस बत्ती बालेर गरेका थिए । कार्यक्रममा आएका अतिथि तथा शेयरधनी महानुभावहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त राज लम्सालले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । कार्यक्रममा अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन पेस गरेका थिए । आर्थिक शिथिलता, अस्वस्थ्य प्रतिस्पर्धा, लगानीमा दोहोरोपन, भाखा नाघ्ने कर्जामा वृद्धि तथा कोभिड १९ को असर, तरलता अभाव, कोषको लागतमा अत्याधिक वृद्धिले आपूmलाई समस्या पारेको र लाभांस वितरण गर्न नसकेको उनले बताए आगामी दिनमा उपरोक्त समस्याहरुलाई चिर्दै संस्थालाई सवल बनाउदै र शेयर धनीहरुलाई लाभांस वितरण गर्ने कुरामा यथासक्य कोशिष गर्ने बताए ।
कार्यक्रममा शेयरधनीको तर्फबाट शत्रुघन श्रेष्ठ, जगन्नाथ आचार्य, गोविन्द केसी, सुदिप श्रेष्ठ, अनुपमा गुप्ता, इन्द्रप्रसाद लामीछाने, कृष्णचन्द्र न्यौपाने लगायतले संस्थाको कार्यसम्पादन माथी टिपणी गरेका थिए । कार्यक्रममा प्रमोटरहरु बद्रि कुमार घिमिरे, नवराज अधिकारी र नारायण बसेलले समेत आफ्नो विचार राखेका थिए । यो संस्था विजय लघुवित्त संस्था लिमिटेड र नयाँ सरथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिई मिति २०८०÷३÷३१ गते बाट विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार शुरुवात गरे पश्चात शाखा कार्यालयहरुको संख्या १४७ पुगेकोमा १२ वटा शाखा कार्यालयहरु एक आपसमा गाभिई हाल कुल १३५ वटा शाखा कार्यालयहरु मार्फत सेवा प्रदान भइरहेको छ । एकीकृत संस्थाले आ.ब २०७९÷८० को अन्तसम्ममा आइपुग्दा २५,२७४ वटा समूह÷केन्द्रमा आबद्धरहेका १,४३,४७० जना सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गरेको छ ।
उक्त अवधिमा संस्थाको बाँकी कुल कर्जा रु ८ अर्ब ७९ करोड ८१ लख २९ हजार ४ सय ७१ रहेको र सो अवधिसम्म संस्थाको कुल वचत रकम रु २ अर्ब ३ करोड ३० लाख ३९ हजार ५सय २६ रहेको छ । शेयरधनी तथा प्रमोटरहरुका उठेका प्रश्नहरुमाथि अध्यक्ष लोक बहादुर खड्का र प्रमुख कार्यकारी अधिकृत वसन्त राज लम्सालले उत्तर दिएका थिए । कार्यक्रम सञ्चालन भने कम्पनी सचिव सरोज घिमिरेले गरेका थिए ।
What's Your Reaction?