सञ्चारकर्मी/ साहित्यकार दाहाल यज्ञनिधिको छैटौं स्मृतिदिवस र सम्मान सम्पन्न
देहवासनोप्रान्त प्राप्त पुरस्कार ग्रहण गरे लगत्तै छोरा सन्तोष नेपालले ‘वैयाकरण नेपाल प्रतिष्ठान’का अध्यक्ष एकमणि नेपाललाई रकम हस्तान्तरण गर्नुभयो
२०८१, साउन २६,,काठमाडौं,काव्य घर/ साहित्यकार /सञ्चारकर्मी दाहाल यज्ञनिधि पुरस्कार–२०८१ इतिहासकार एवम् साहित्यकार ज्ञानमणि नेपाललाई प्रदान गरिएको छ । साउन २५ दाहाल यज्ञनिधिको छैटौं स्मृतिदिवसको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कृतिशेष नेपाललाई प्रदानगर्नु भएको हो ।
सम्मानताम्रपत्र र एक लाख ५० हजार नगद स्वर्गीय नेपालका जेठा छोरा सन्तोष नेपालले ग्रहण गर्नुभयो । इतिहासकार नेपालको २०८१ जेठ १ गते मंगलबार निधनभएको थियो। पुरस्कार दाहाल यज्ञनिधि सुधा सदनकाअध्यक्ष सुधादाहाल र कुलपति राईले संयुक्त रुपमाप्रदानगर्नुभएको हो ।
आफ्नो पितालाई देहवासनोप्रान्तप्राप्त पुरस्कार ग्रहण गरे लगत्तै छोरा सन्तोष नेपालले ‘वैयाकरण नेपाल प्रतिष्ठान’का अध्यक्ष एकमणि नेपाललाई रकम हस्तान्तरण गर्नुभयो । यो पुरस्कार रकमलाई ‘सिड मनी’बनाएर ज्ञानमणि नेपालको नाममा इतिहास र साहित्यमा योगदानगर्ने स्रष्टालाई पुरस्कार प्रदानगर्नेगरी राख्ने घोषणासमेत उहाँले कार्यक्रममै गर्नुभयो ।
त्यसैगरी दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट दरबार हाई स्कुलको कक्षा ८ मा उत्तिर्ण हुँदा नेपालीविषयमा सर्वोत्कृष्ट जिपिएल्याउने छात्र दिनेश कार्की र छात्रा आस्ना पाण्डेलाई प्रदानगरिएको छ। २० हजार राशिको उक्त पुरस्कार छात्र र छात्रालाई संयुक्त रुपमा प्रदान गरिएको हो ।
बालप्रतिभा पुरस्कार दाहाल यज्ञनिधिले लामो समय प्राध्यापन गर्नु भएको दरबार हाइस्कुलको कक्षा ८ बाट उर्तिर्ण हुँदा नेपाली विषयमा उत्कृष्ट जिपिए ल्याउने छात्रछात्रालाई हरेक वर्ष प्रदानगरिँदै आएको छ ।
कार्यक्रममा डा.रमेश शुभेच्छुले सम्पादन गर्नुभएको कृति ‘दाहाल यज्ञनिधिको जीवनदृष्टि’ सार्वजनिक भएको छ । उक्तकृति माथि प्रा.डा जिवेन्द्रदेव गिरीले समीक्षात्मकमन्तव्य राख्नुभयो। मन्तव्यकाक्रममा यस कृतिबाट दाहालको जीवनीव्यक्तित्व र कृतित्वलाई बुझ्न सहयोग पुगेको बताउनुभयो ।
कृतिका सम्पादकशुभेच्छुले लेखकहरु डा. वद्रीविशाल भट्टराई, प्रमोद प्रधान र दिनेश लुइटेललाई धन्यवाददिनुभयो । संस्थाका उपाध्यक्ष समेत रहेका शुभेच्छुले संस्थाको परिचयसहित दाहाल यज्ञनिधि र इतिहासकार ज्ञानमणि नेपालको परिचय पनि प्रस्तुत गर्नुभएको थियो । उहाँले ज्ञानमणि नेपालको जीवनको अन्तिमघडिसम्म पढेको पढ्यै पढेको पढ्यै लेखेको लेख्यै गरेर आफ्नो समयका विशिष्ट प्राज्ञिक बौद्धिक व्यक्तित्व बनेको अभिप्रेरक पात्र रहेको बताउनुभयो । त्यस्तै उहाँले दाहालको र नेपालको उच्च स्वाभिमानीव् यक्तित्वमा साम्य रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधनगर्नुहुँदै इतिहासकार एवम् प्राज्ञ दिनेशराजपन्तले नेपाली साहित्यका विशिष्ट प्रतिभादाहाल यज्ञनिधिको नाममा स्थापनाभएको सम्मानउहाँजस्तै अर्का विशिष्ट प्रतिभालाई प्रदानगरिएको भन्दै खुशीव्यक्तगर्नुभयो ।
कार्यक्रममा दाहाल यज्ञनिधिका कविताकविदिलपौडेल, विनोदविक्रम केसी र प्रभा भट्टराईले वाचन गर्नुभयो । कार्यक्रममा दाहाल यज्ञनिधिकी आमा कृष्णकुमारी दाहाल, प्रा.डा.केदार न्यौपाने सहित नेपाली साहित्यका विशिष्ट व्यक्तित्वको उपस्थितिथियो ।
दाहाल यज्ञनिधि सुधा सदनको अक्षयकोशबाट प्राप्तहुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्व र बालप्रतिभालाई सम्मानगरिँदै आएको छ। वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिनुभएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभादाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधनभएको थियो।
उहाँका ‘जदौकानिबन्ध’ (२०६९),जदौका ३४ निबन्ध (२०७६), खुलाआकाश,गीतिएल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८),’जदौ’ जीवनी र व्यक्तित्व केन्द्रित कृति (२०७६) र दाहाल यज्ञनिधिको जीवनदृष्टि (२०८१) प्रकाशित छन् ।
What's Your Reaction?