समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरिए सञ्चार जगत प्रतिवादमा उत्रिने ऋषिधमलाको चेतावनी
![समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरिए सञ्चार जगत प्रतिवादमा उत्रिने ऋषिधमलाको चेतावनी](https://web.kavyagharnepal.com/uploads/images/202405/image_870x_664cba0a11b1a.jpg)
जेठ ८,काठमाडौं,काव्य घर/ सहकारी ठगी प्रकरण र संसद् अवरोधको विषय पछिल्लो समय निकै पेचिलो बनिरहेको छ । उपप्रधानएवं गृहमन्त्री रवि लामिछाने नै सहकारी ठगी प्रकरणमा संलग्न रहेको दाबीगर्दै नेपालीकांग्रेसले संसदीय छानविन समितिको माग राखेर संसद् अवरोध गरिरहेको छ । कांग्रेसको अवरोधका बावजुद सभामुखले सत्तापक्षको इसारामा पेलेर संसद्का कामकारबाहीलाई अगाडि बढाइरहेका छन् । त्यस्तै, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया माथिपक्राउ पुर्जी जारी भएको विषयमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको थप आलोचना भइरहेको छ ।
रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइमस् टाइम्स टेलिभिजनका अध्यक्षऋषि धमलाले समाचार लेखिएकै भरमा कसैलाई धरपकड गर्ने, पक्राउ गर्नेजस्ता विषय सह्य नहुने बताए । गलत गरेको भए कसैलाई बाँकी राख्ननहुने बताउँदै पत्रकार धमलाले समाचार लेखेकै भरमापूर्वाग्रही भएर कसैलाई पनि पक्राउपुर्जी जारी गरिए सञ्चार जगतले त्यसको प्रतिवादगर्ने चेतावनीदिए ।
राज्य यसरी अगाडि बढेको खण्डमा सञ्चारकर्मीहरु शसक्त ढंगले संघर्षमा उत्रिने उनको चेतावनी छ । ‘कसैलाई समाचार लेखेकै भरमागिरफ्तार गरिन्छ भने हामीत्यसलाई मान्दैनौं, सह्य हुने छैन । मेरो पक्षमा समाचार लेखिएन भनेर गिरफ्तार गर्छन् भने हामी त्यसको विरुद्धमा उभिनतयार छौं,’– पत्रकार धमलाले भने ।
What's Your Reaction?
![like](https://web.kavyagharnepal.com/assets/img/reactions/like.png)
![dislike](https://web.kavyagharnepal.com/assets/img/reactions/dislike.png)
![love](https://web.kavyagharnepal.com/assets/img/reactions/love.png)
![funny](https://web.kavyagharnepal.com/assets/img/reactions/funny.png)
![angry](https://web.kavyagharnepal.com/assets/img/reactions/angry.png)
![sad](https://web.kavyagharnepal.com/assets/img/reactions/sad.png)
![wow](https://web.kavyagharnepal.com/assets/img/reactions/wow.png)