सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ आन्दोलन घोषणा

पीडितले बचत फिर्ता नपाएसम्म पछि नहट्ने 

May 22, 2024 - 16:50
 0  4
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ आन्दोलन घोषणा


जेठ ९,काठमाडौं,काव्य घर/ सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रा चरणको आन्दोलन घोषणा गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनैपनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो । 
महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरुसँग विगतमा गरेकाकुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए । जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरु हुने उनले बताए ।‘११ गते ११ बजे माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं । ¥याली गर्छौं । ¥यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गर्छौं,’– उनले भने । 
सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढ्ने उनले उद्घोष गरे । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने उनले बताए ।
सबै बचतकर्तालाई जेठ ११ गते ११ बजे माइतीघर मण्डलामा उपस्थितभएर आन्दोलनमा सहभागी हुन उनले आग्रह गरे । नेपालीकांग्रेसले बचत कर्ताको आवाज उठाएको बताउँदै उनले समग्र सहकारीको समस्या समाधान हुनेगरी आवाज उठाइदिन आग्रह गरे । 
आफूहरुले तत्कालीन भूमिव्यवस्था तथा गरिबीनिवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिल ेसम्मती सम्झौता तथा सहमति पालना नभएको जिकिर गरे । उनले हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएको बताए । तर, अहिलेका मन्त्रीले पनि बचत कर्ताको पक्षमा कुनै कामनगरेको कारण संघर्षका कार्यक्रम घोषणा गर्नुपरेको उनले बताए । साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहकारी पीडितको पक्षमागम्भीर बनिदिनआग्रह गरे ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि