सापसको असार पन्ध्रको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज राष्ट्रिय धान दिवस एवं दहीचिउरा खाने दिनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्‍यो ।

Jun 29, 2024 - 19:28
 0  24
सापसको असार पन्ध्रको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

असार  १५,काठमाडौं ,काव्य घर / साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज राष्ट्रिय धान दिवस एवं दहीचिउरा खाने दिनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्‍यो ।

तमू बौद्द सेवा समिति नेपालको सभा हल, अनामनगर, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्रा डा. सुरेन्द्र के. सी., साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

सोही कार्यक्रममा चर्चित सङ्गीतकार एवं गायकहरु गणेश पराजुली र नरहरी प्रेमीले विभिन्न चर्चित गीतहरु गाउनु भएको थियो ।

कार्यक्रममा समाजसेवी एवं गीतकार शोभित उप्रेती, पूर्व सचिव खेमराज नेपाल, साहित्यकारहरु प्रा. डा. गोविन्दमान सिंह कार्की, विमल भौकाजी, ठाकुर बेलवासे, डी. आर. राई, डा. शान्तिमाया गिरी, मन्जिला अनिल, डा. बुनु दाहाल, गोपीकृष्ण प्रसाईं, मुरारी सिग्देल, रमेश दहाल, रुद्र अधिकारी, द्वारिका, कृष्ण के. सी.  ढुंगानालगायत रमेश खरेल, नवीन श्रेष्ठ, मनिषा श्रेष्ठ, शान्त प्रधान, ध्रुब के.सी.  दुईसयको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि