साहित्यकार सरस्वती गौतमको ‘अनामिका’ र बुद्धिरामको पीडाका ‘पाइला’ लोकार्पण
२०८१ भाद्र २,काठमाडौं,काव्य घर । साहित्यकार सरस्वती गौतमको ‘अनामिका’उपन्यास र बुद्धिराम गैरैको ‘पीडाका पाइला’ झयाउे लोकछन्दमा लेखिएको कविता कृति लोकार्पण भएको छ । भाद्र १ गते शनिवार काठमाडौको रत्न पुस्तकालय भवनमा आयोजित कार्यक्रमविच लोकार्पण भएको हो।
सो कार्यक्रममा वरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी प्रमुख अतिथी रहेका थिए भने अन्य विशेष अतिथिहरुमा साहित्यकार डा.घनश्याम परिश्रमी, देवी पन्थी, प्राज्ञ चेतनाथ धमला,साहित्यकार बम बहादुर जिताली लगायतको उपस्थिति रहेको थियो।लामो समयदेखि संचार,समाजसेवा तथा साहित्य क्षेत्रमा सकृय रहदै आएकी गौतमको यो मह्त्वकांक्षि उपन्यास ‘अनामिका’ एउटी नारिको जीवन संघर्ष,प्रेम अनि सपनामा आधारित रहेको छ।
कृती भित्र नारिको गाउँदेखि शहर सम्मको भोगाइ पोखिनुका साथै नारिलाइ हेरिने समाजको दृष्टि अनि नारिलाइ उर्जा र गहिरो प्रेरणा मिल्ने शन्देस पाठ पाइन्छ ।
कार्यक्रममा कृति बारे बोल्दै प्रमुख अतिथि रहेका वरिष्ठ साहित्यकार डा.पुडासैनीले ‘बहुप्रतुभाकी धनी लेखिका सरस्वतीको यो अनामिका उपन्यास चानचुने मनगडन्ते कृति नभइ साक्षात भोगाइ र एउटि नारिको गाउँ सहर वास्तविक संघर्ष पाइएको छ।यस कृतिले नारिलाइ जीवन जिउन ,लक्ष्य हासिल गर्न बुलन्द हौसला र चेतना पस्किने छ,अन्य कृतिहरु पनि लगातार पढ्न पाइयोस् शुभकामना ‘भन्दै व्यक्त गरे।
सो कार्यक्रममा अन्य विशेष अतिथी अन्य अतिथिहरुले पनि ‘अनामिका’उपन्यास साच्चै गज्जब रहेको बताउदै शुभकामना प्रदान गरेका थिए।
नोवेल साकोस साहित्य सस्था तथा साकोस साहित्य श्री काठमाडौले आयोजना गरेको उक्त कार्यक्रममा वरिष्ठ संचारकर्मी तथा साहित्यकार राजन न्यौपानेको कार्यक्रम सञ्चालन रहेको थियो । नेपाली भाषा साहित्य क्षेत्रमा विभिन्न योगदान पुर्याउने ,समाज परिवर्तनको निम्ति कलम चलाउने साहित्यकार ,स्रस्टाहरुलाई भव्यरुपमा सम्मान समेत गरिएको थियो।
What's Your Reaction?