९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत आयोजना पुन संचालनमा
जेठ १७,काठमाडौं,काव्य घर । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताकोइँवाखोलाजलविद्युतआयोजनामर्मतपछि पुन संचालनमाआएको छ । २०८० साल जेठ ३२ गते र असार १ गते आएको बाढीले आयोजना पूर्ण रुपले क्षतीभई बन्दभएको थियो । बाढीले बन्दभएको आयोजना मर्मतपछि मंगलबार अर्थात जेठ १५ गतेदेखि पुन पूर्ण रुपले संचालनमा आएको आयोजनाका कार्यकारी निर्देशन कुबेरमणि नेपालले बताए ।
आयोजनाका कार्यकारी निर्देशक नेपालको अनुसार बाढीले डेढ किलोमिटर हेडरेस पाईप भत्काएको थियो भने बाढीले पावर हाउस डुबाउनुका साथै आयोजनाको बाँध पूर्ण रुपले क्षतीभएको थियो । यस आयोजन २०७६ असोज २० देखि पूर्ण रुपमा सञ्चालनमा आएका थियो । पूर्वी ताप्लेजुङ र पाँचथरको सिमानामाबग्ने इँवाखोलामा अवस्थित इँवाखोला जलविद्युत आयोजनामा तत्कालिनबैङ्क अफ काठमाडौं लुम्बिनी लिमिटेड, माछापुछ्रे बैङ्क, एनसीसी बैङ्क, सिटिजन बैङ्क इन्टरनेशनल र सिद्धार्थ बैङ्क लिमिटेडको लगानी रहेको थियो ।
What's Your Reaction?