भ्रष्टाचार विरुद्ध दमकका कबिहरु सडकमा उत्रिए

भ्रष्टाचार विरुद्ध दमकका कबिहरु सडकमा उत्रिए

May 16, 2023 - 16:42
Aug 17, 2023 - 10:46
 0  68
भ्रष्टाचार विरुद्ध दमकका कबिहरु सडकमा उत्रिए

भु माफियाबाट पीडित भएकाहरु

बैशाख ३१,झापा / काव्य घर

काव्यघर नेपालको आयोजनामा भ्रष्टाचार विरुद्ध सिर्जना वाचन तथा भु माफिया ठगबाट पीडित सार्वजनिक कार्यक्रम दमक चोकको पिपल चौतारीमा सम्पन्न भयो ।

कार्यक्रममा स्व:स्फुर्त तीस जना कवि कवयत्रीले भ्रष्टाचार विरुद्ध सिर्जना बाचन गर्नु भएको थियो । कार्यक्रममा कविहरु झाक्री खोले,टंक पाठक, बीरेन्द्र खड्का,बिन्दु दहाल मुकदर्शक,राधिका ओझा ,कला ढकाल ,राजन चापागाईं,शिव रेग्मी प्रणत,हेम कुमारी कोइराला ,गोपाल दहाल,माधब बिडारी,उमा पौडेल प्राज्ञ सुमित्रा वाङ्देल चेली लगायत तीस बढी कबिहरुले स्व:स्फुर्त भ्रष्टाचार विरुद्ध आगो बाल्नु भएको थियो ।


देश झन झन भ्रष्टाचारमा चुर्लुम्म डुब्दै गएको बेला कवि लेखकहरु होशियार भएर समाज जोगाउन लाग्नुपर्छ र जनचेतना फैलाउनु पर्छ।देशमा प्रहरी प्रशासन,स्थानीय सरकार अदालत सबै सबै भ्रष्टाचारमा जाकिएकोले अब बौद्धिक नागरिकहरु उठ्नु पर्ने सतप्रतिशत बक्ताहरुले जोड दिनु भएको थियो ।
कार्यक्रम काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाको सयोजकत्वमा सम्पन्न भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि