महँगा खेलाडी  मिचेल स्टार्क आईपीएलको

Dec 19, 2023 - 11:13
 0  3
महँगा खेलाडी  मिचेल स्टार्क आईपीएलको


पौष ३ काव्य घर। अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको सबैभन्दा महँगो खेलाडी बनेका छन् ।

३३ वर्षका बायाँ हाते पेसर मिचेलका लागि कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँको बोली लगाएको हो ।

प्रारम्भिक मुल्य २ करोड तोकिएका उनका लागि सुरुमा दिल्ली क्यापिटल्सले बोली लगाएको थियो । त्यसपछि मुम्बई इण्डियन्सले बोली लगाएका थिए । त्यसपछि मुम्बई इण्डियन्सले ८ करोडको बोली लगायो ।

त्यसपछि प्रतिस्पर्धामा आएको कोलकता नाइट राइडर्सले ८ करोड ८० लाखको बोली लगाएको थियो ।

मिचेल लिने प्रतिस्पर्धामा गुजरात टाइटन्स प्रवेश गरेपछि उनको मुल्य १० करोड पुगेको थियो ।

त्यसपछि गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सबीच होड चल्यो र गुजरात उनका लागि २४ करोेडसम्म तिर्न तयार भएको थियो तर अन्तमा कोलकताले २४ करोड ७५ लाखमा बाजी मार्‍यो ।

मिचेल ८ वर्षअघि आईपीएलमा फर्किएका हुन् ।

सन् २०१४–१५ को सिजनसम्म उनले रोयल च्यालेन्जर्स बैंगलोरबाट आईपीएल खेलेका थिए । आईपीएलका २७ खेलमा उनले ३४ विकेट लिएका छन् भने ब्याटिङतर्फ उनले १२ इनिङ्समा ९६ रन मात्र बनाएका छन् ।

यसअघि अष्ट्रेलियन कप्तान प्याट कमिन्स साढे २० करोड भारुमा बिकेका थिए । कमिन्सलाई सनराइजर्स हैदरावादले किनेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि