केही मुक्तकहरु

Jul 2, 2023 - 13:36
Jul 2, 2023 - 13:51
 0  31
केही मुक्तकहरु
मुक्तककार~उमा ओडारी

"मुक्तककार -उमा ओडारी"

, बोटबाट चुडीएको एउटा थुङ्गो बाँकी छ

लगाउन अन्तिम बिन्दु टुङ्गो बाँकी छ

न खाना न छानो,न ओछ्यान न काख

पाक्छ भन्ने आसमा अझैँ ढुङ्गो बाँकी छ 

म रुदिन भन्छु मातृभुमि माटो दुखेको छ

आमाको पछ्यौरीमा रगतको टाटो दुखेको छ

कहिले रुन्छ परदेश कहिले घरदेश

घरि-घरि बल्झिएर पुरानो खाटो दुखेको छ

समयले, कहिले भाग्यले पालैपालो बनायो

जिन्दगीले पीडाहरुको हरपल गोठालो बनायो

छ अँध्यारो, कहिले नउठ्ने गरि निदाएकी छु

बलेर दनदनी ममा आगोले उज्यालो बनायो

कहिँ नोटमा कतैकतै चोटमा चल्छ जीवन

कहिँ आगोमा कतै आगो बिनानै जल्छ जीवन

म बाँचेको हरेक पल किताबको एक पेज हो

आधा भोगाइमा सिङ्गो किताब खोतल्छ जीवन !!

                  पाँचथर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि