होलिको अवसरमा जीवन बिज्ञानकाे शुभकामना आदान प्रदान

जीवन बिज्ञान दमकले फागु पूर्णिमा तथा हाेली पर्वकाे अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

Mar 26, 2024 - 11:19
 0  6
होलिको अवसरमा जीवन बिज्ञानकाे शुभकामना आदान प्रदान

चैत १३ झापा ,काव्य घर/जीवन बिज्ञानकाे शुभकामना आदान प्रदान जीवन बिज्ञान दमकले फागु पूर्णिमा तथा हाेली पर्वकाे अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

जीवन बिज्ञान दमकका कल्याण मित्रहरु सहभागी भएकाे उक्त कार्यक्रममा प्रशिक्षकहरु श्रीप्रसाद राई र जानुका साङ्पाङ राईले जीवन बिज्ञानकाे महत्वमाथि प्रकाश पारेका थिए । समाजका ज्येष्ठ सामाजिक व्यक्तित्ब तारानिधि मिश्रकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा गाैतम बुद्धकाे जन्मस्थान लुम्बिनीमा यही चैत्र १७ गते देखि हुन गईरहेकाे "लुम्बिनीमा ध्यान बिराट चक्र बिज्ञान" कार्यक्रममा सहभागी हुन जाने कल्याण मित्रहरु लाल बहादुर सापकाेटा, श्रीप्रसाद राई,जानुका साङ्पाङ राई,सरस्वती राई र शर्मिला राई लाई अबिर टीका र खादा लगाएर सम्मान गरिएकाे थियाे ।

जीवन बिज्ञान दमकका संयाेजक लाल बहादुर सापकाेटाकाे अध्यक्षता भएकाे उक्त कार्यक्रमकाे सञ्चालन जीवन बिज्ञान दमकका सचिव ओमप्रसाद खनालले गरेका थिए ।

कार्यक्रममा जीवन बिज्ञान दमकका सदस्य कृष्णराज थापाले स्वागत मन्तव्य राखेकाे उक्त कार्यक्रममा जीवन बिज्ञानका कल्याण मित्रहरु जीवराज भट्टराई,फलिन्द्रबहादुर अधिकारी, तुलसा खनाल,युवकला सापकाेटा,रुविना शाक्य, करुणा अधिकारी, सीता अधिकारी, लक्ष्मी भट्टराई, शुशिला गाैतम लगायतकाे उपस्थिति रहेकाे थियाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि