अन्तर्राष्ट्रिय रक्त सम्मेलन हुदै

Mar 6, 2024 - 22:18
 0  6
अन्तर्राष्ट्रिय रक्त सम्मेलन हुदै


फागुन २३, काठमाडौं, काव्य घर । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आयोजना गरेको छ । ब्लोदानले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आगामी फागुन २६ र २७ गते आयोजना गरिएको जानकारी गराएको हो । 
दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुखआतिथ्यमा ललितपुर, भोलढोका स्थित ज्यापु प्रज्ञा भवनमा हुने बताइएको छ ।  साथै, संघसंस्थाहरुको महासंघ (आइएफबिडिओ) का अध्यक्ष अब्देलमलेक साया पनि उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ । ब्लोदानका अनुसार उक्त सम्मेलनमा भारत र अन्य देशका गरी १८ जनाविदेशी प्रतिनिधिहरु सहभागी रहनेछन् । 
साथै, विभिन्न स्थानीय क्लब, संघ–संस्था, तथा व्यक्तिहरु गरी लगभग ३ सयजनाको सहभागिता रहने बताइएको छ । ब्लोदानले रगतको सोधभर्ना दिनुपर्ने, दान गरेको रगतको शुल्क तिर्नुपर्ने, समयमै रगत नपाउने, रगतको भण्डारणमा समस्या उत्पन्न हुने, दक्षजनशक्ति र उपकरणको अभाव हुने आदि समस्यालाई न्यूनीकरण गर्नका लागि राष्ट्रिय रक्तसञ्चार नीतिलाई समयानुकूल परिमार्जन एवं व्यवस्थित गर्नु अबको थप चुनौती रहेको बताएको छ । 
ब्लोदानका केन्द्रीय उपाध्यक्ष तथा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन प्रचार प्रसार उपसमितिका संयोजक राजेश श्रेष्ठले रक्त सञ्चार सेवामा सुधार ल्याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए । 
ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले आफूहरु निरन्तर रक्तदान अभियानमा रहेको बताए । विरामीको उपचारमा रगतको अभाव नहोस् भनेर आफूहरुले नेपाली रक्तदाताहरुलाई अभिप्रेरित गर्ने प्रयास जारी राखेको बताए । ब्लोदान गैरनाफामूलक संस्था भएको उनले बताए । ब्लोदानले २०७० जेठ ३० र ३१ गते प्रथम अन्तर्राष्ट्रिय रक्त सम्मेलन गरेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि