नेपाल समाजवादी पार्टीले भोलि कार्यक्रम गर्दै 

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विभिन्न अभियान घोषणा कार्यक्रम आयोजना गर्दैछ। भोलि बिहान १० बजे शान्तिवाटिका, रत्नपार्कमा सभा हुने नेसपा प्रचार विभागले जनाएको छ

Apr 30, 2024 - 18:37
 0  13
 नेपाल समाजवादी पार्टीले भोलि कार्यक्रम गर्दै 


बैशाख १८,काठमाडौँ,काव्य घर । नेपाल समाजवादी पार्टी (नेसपा) ले बुधबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विभिन्न अभियान घोषणा कार्यक्रम आयोजना गर्दैछ। भोलि बिहान १० बजे शान्तिवाटिका, रत्नपार्कमा सभा हुने नेसपा प्रचार विभागले जनाएको छ।

सुशासन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, रोजगारीको सुनिश्चितता, गुणस्तरीय शिक्षा र स्वास्थ्य, किसान(मजदुरको समस्या समाधान, समावेशिता, जात व्यवयस्थाको अन्त्य, लैंगिक विभेदको अन्त्य, स्वच्छ वातावरण लगायतका अभियानका मुद्दाहरू नेसपाले अघि सारेको छ।

नेसपाले उक्त मुद्दासहित सभामा सहभागी हुन आम जनसमुदायलाई आह्वान गरेको छ। सभालाई पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराई, नेसपा नेता दुर्गा सोब, सामाजिक अभियान विभाग प्रमुख जीएस गुरुङ, नेपाल समाजवादी ट्रेड युनियन महासंघ अध्यक्ष विष्णु पौडेल लगायतले सम्बोधन गर्ने प्रचार विभागले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि