काठमाडौंमा स्ट्रेन्थलिफ्टिङ्ग प्रतियोगिता हुने 

Feb 9, 2024 - 17:25
 0  4
काठमाडौंमा स्ट्रेन्थलिफ्टिङ्ग प्रतियोगिता हुने 


माघ २६,काठमाडौं, काव्य घर । काठमाडौंको बुढानीलकण्ठ–११ क्पनमा स्ट्रेन्थलिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी स्ट्रेन्थलिफ्टिङ्ग संघ, काठमाडौंले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता आगामी फागुन २५ र २६ गते आयोजना गरिएको छ । 
स्ट्रेन्थलिफ्टिङ्ग प्रतियोगिताको उद्देश्य बढीभन्दा बढी राष्ट्रिय खेलाडी तयार गर्नु रहेको स्ट्रेन्थलिफ्टिङ्ग संघ काठमाडौंका सचिव मानबहादुर पहरीले बताए । उक्त प्रतियोगिताको अनुमानितलागत १५ लाख रहेको बताइएको छ । उक्तलागतमध्ये १० लाख खेलाडीहरुलाई नगद पुरस्कार स्वरुपवितरण गरिने बताइएको छ । साथै, काठमाडौंभन्दाबाहिरबाट सहभागीहुने खेलाडीको लागिदुई दिनकालागिखाने, बस्ने व्यवस्थासमेत गरिएको छ । 
स्ट्रेन्थलिफ्टिङ्ग संघ काठमाडौंका अध्यक्ष सन्दीप केसीले प्रतियोगिताको उद्देश्य खेलाडीलाई अगाडि बढाउनु रहेको बताए । नेपाल सरकारले खेलाडीहरुको हितकालागि केहीगर्न नसकेको खण्डमा आफूहरुले  खेलाडीको हकहितमा प्रतियोगिता आयोजनागर्न लागेको बताए । 
यो खेलजिमसँग सम्बन्धित खेल हो । उक्तप्रतियोगिता महिला, पुरुष गरी चार सयभन्दा बढी खेलाडीहरु सहभागीहुने आयोजकले बताएको छ । 
कार्यक्रममा स्ट्रेन्थलिफ्टिङ्ग अन्तर्राष्ट्रिय संघका सदस्य जीवनगिरी, स्ट्रेन्थलिफ्टिङ्ग संघ काठमाडौंकी उपाध्यक्ष बन्धना थापा, खेलाडी केदारमान स्थापित लगायतको उपस्थिति रहेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि