दमकमा पुर्व शिक्षकले आफ्नै विद्यार्थी माथि गोली प्रहार

शुक्रबार दिउँसो १ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

May 3, 2024 - 20:20
 0  56
दमकमा पुर्व शिक्षकले आफ्नै विद्यार्थी माथि गोली प्रहार

बैशाख २१ झापा, काव्य घर /दमकमा पुर्व शिक्षकले आफ्नै विद्यार्थी माथि गोली प्रहार गरि घाइते बनाएका छन । शुक्रबार दिउँसो १ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्ह १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए । उदपुर घर भएकी एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छिन् । उनी ११ मा भर्ना हुन अघिल्लो साल सो विद्यालय आएकी थिइन् ।

प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छिन् । पुर्व शिक्षक यादवले एनिकालाई पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको पुष्टि भएको छ ।

प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढीएपछी यो दुर्घटना हुन गएको आंशका गरिएको छ । यादव कहाँ बस्दै आएका छन भन्ने बारेमा खुल्न सकेको छैन ।

नाभि छेउमा गोली लागेकोमा निकालिएको अस्पतालले जनाएको छ । दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका हुन् । गोली हान्नुको बाँकी कारण खुलिसकेको छैन ।गोली हान्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । भारतीय सीमा नाकाहरूमा विशेष निगरानी बढाएको कोशी प्रदेशका प्रमुख तथा डीआईजी चन्द्रकुवेश खापुङले काव्य घरलाई जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि