एन्फाको सीईओ नियुक्त तुलाधर 

Dec 18, 2023 - 12:03
 0  3
एन्फाको सीईओ नियुक्त तुलाधर 


 पुस २, काठमाडौं,काव्य घर । अखिल नेपाल फुटबल संघ एन्फाको  बैठकले  पूर्व महासचिव इन्द्रमान तुलाधर लाई सीईओ नियुक्त गरेको हो । प्रमुख कार्यकारी अधिकृत सीईओमा इन्द्रमान तुलाधर नियुक्त भएका छन् ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले भने खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्नुपर्ने भन्दै विरोध जनाएका बैठकमा सहभागी एक जना केन्द्रीय सदस्यले जानकारी दिए ।

२०६३ सालदेखि लगातार एन्फामा कुनै न कुनै भूमिकामा रहेका तुलाधर २०७९ असारमा भएको निर्वाचनमा कर्मा छिरिङको प्यानलमा थिए । तर कर्मा छिरिङ अध्यक्षमा पंकज विक्रम नेम्वाङसँग पराजित भएपछि तुलाधरको एन्फाबाट बहिर्गमन भएको थियो ।

तर गत शनिबार एन्फा महासचिव किरण राईसँग संयुक्त पत्रकार सम्मेलन गर्दै तुलाधरले आफूले एन्फाको वर्तमान नेतृत्वलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि