इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएका छन् ।

मंगलबार बिहान आएको मतपरिणामअनुसार नेम्वाङले कांग्रेस उमेदवार डम्बर खड्कालाई पराजित गर्दै जित हासिल गरेका हुन् ।

Apr 30, 2024 - 05:18
 0  8
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएका छन् ।

बैशाख १८ इलाम ,काव्य  घर / पाँच हजार ८३० मतान्तरसहित इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएका छन् ।

मंगलबार बिहान आएको मतपरिणामअनुसार नेम्वाङले कांग्रेस उमेदवार डम्बर खड्कालाई पराजित गर्दै जित हासिल गरेका हुन् । विजयी उमेदवार सुहाङले २७ हजार ७७२ मत प्राप्त गरे । निकटतम बनेका कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

 यस्तै तेस्रो स्थानमा पहिचान पक्षधर रह्यो । उमेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे । चौथो बनेका रास्वपा उमेदवार मिलन लिम्बुले पाँच हजार ५० मत प्राप्त गरे । यहाँ ६९ हजार ३७४ मत खसेको थियो । जसमध्ये ९०२ मत बदर भयो । बाँकी रहेको ६८ हजार ४७२ मत गणना भएको आयोगले जानकारी दिएको छ ।

 यता, आज बिहान ११ बजे मतगणनास्थल गौतमबुद्ध सम्मेलन केन्द्र सिटी हलमा नवनिर्वाचित सांसद नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि