इजरायली राजदुत र कृषि मन्त्री भुसालसग भेटघाट

May 16, 2023 - 19:29
May 22, 2023 - 08:34
 0  22
इजरायली राजदुत र कृषि मन्त्री भुसालसग भेटघाट
इजरायली राजदुत र कृषि मन्त्री भुसालसग भेटघाट

बैशाख ,काठमाडौ/राजकुमार खड्का 

इजरायली राजदूत गोडरले भेटे कृषिमन्त्री भुसाललाई काठमाडौं, २ जेष्ठ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालसँग नेपालका लागि इजरायली राजदूत हनान गोडरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसालसँग राजदूत गोडरले भेटवार्ता गर्नुभएको हो । भेटवार्ताको क्रममा मन्त्री भसालले राजदूत समक्ष इजरायलले नेपालको आर्थिक, सामाजिक, कृषि, शिक्षा, स्वास्थ्य, व्यापार, सेवा एंव विकास निर्माण कार्यमा गरेको सहयोग निकै महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । ‘वि.सं. २०७२ को महाभुकम्पले भत्काएका भग्नावशेषमा अत्याधुनिक उपकरणका साथ स्वास्थ्य शिविर सञ्चालन गरेर होस् वा कोरोना महामारीका बेला तत्काल स्वास्थ्य सामग्री उपलब्ध गराएर होस् इजरायलद्धारा गरिएको सहयोग नेपाली जनताका लागि निकै महत्वपूर्ण छ’, मन्त्री भुसालले भन्नुभयो । नेपाल र इजरायलबीच सन् २०२२ मा हस्ताक्षर भएको समझदारी पत्र बमोजिमको तालिम “सिक्दै कमाउँदै” ले नेपाली कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप, दक्षता र व्यवसायिक क्षमता विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै मन्त्री भुसालले चर्चा गर्नुभयो । भेटवार्तामा मन्त्री भुसालले बहुआयामिक नेपाल–इजरायल सम्बन्धलाई इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (समाभ)को सहयोगमा इजरायली कृषि प्रविधिलाई नेपालमा ल्याउने उद्धेश्यले नेपालका सातवटै प्रदेशमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्र सन् २०२० मा हस्ताक्षर हुनुले इजरायली कृषि प्रविधि नेपालमा ल्याएर कृषिको आधुनिकीकरण गर्दै आर्थिक विकासको बाटोमा अग्रसर हुन मद्धत पुग्ने विश्वास गर्दै मुलुकको कृषि पूर्वाधार निर्माणले गति लिने र कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै विदेश जाने नेपाली युवाको संख्यामा कमी आउने आशा राखेको बताउनुभयो । राजदूत गोडरले इजरायलले कृषि क्षेत्रमा प्रविधिको माध्यमबाट उत्पादनमा र उत्पादकत्वमा वृद्धि गरिरहेको र नेपाललाई पनि ती नयाँ प्रविधिहरु मार्फत सहयोग गर्न तयार रहेको बताउनुभयो । कृषिमा देखिएका नयाँ प्रविधिहरु सिंचाइसँग मलखाद दिने प्रविधि (फाटिगेसन), कृषिमा यान्त्रिकिकरण, नमुना कृषि फर्महरु, किसान तथा प्रविधिलाई क्षमता अभिवृद्धि कार्यक्रम विगतमा दिदैं आएको र आगामी दिनमा पनि निरन्तरता दिन तयार रहेको उहाँले जनाउनुभयो । कृषि रहरले गर्ने पेशा नभएको भन्दै राजदूत गोडरले भन्नुभयो, ‘यो पेशालाई नाफामुलक व्यवसायको रुपमा लैजान सके मात्र देश कृषिमा आत्मनिर्भर बन्न सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि